सरकारले पर्याप्त मात्रामा खर्च गर्न नसक्दा नेपाल राष्ट्र बैंकमा ठुलो मात्रामा रकम थन्किएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको वासलातअनुसार राष्ट्र बैंकमा १ खर्ब ९३ अर्ब ७५ करोड सरकारी निक्षेप जम्मा भएको छ।
त्यस्तै राष्ट्र बैकमा ८ अर्ब ८ करोड रुपैयाँ बराबरको नोटहरू मौज्दात रहेको छ भने बिदेशी मुद्रा १७ अर्ब ६० करोड रहेको छ। राष्ट्र बैंकले २ खर्ब ७९ अर्ब रुपैयाँको विदेशी सेक्युरिटीमा लगानी रहेको छ।
वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट ६ अर्ब ९ करोड रुपैयाँ कर्जा तथा सापटीवापत प्रयोग गरेका छन्। बजारमा ४ खर्ब २२ अर्बको नोटहरु परिचालनमा रहेको राष्ट्र बैंकले जनाएको छ।