लकडाउनमा सरकारदेखि नागरिकसम्मको भूमिका कस्तो हुनुपर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 03:32:30 PM मा प्रकाशित

laxmi  sunrise bank

तीर्थ सुबेदी

ऐले केन्द्र, प्रदेश र स्थानीय तह गरी ३ वटा सरकार छन् । स्थानीय सरकार नै जनताहरुसँग प्रत्यक्ष सम्पर्कमा रहिरहेका हुन्छन्, प्रदेशले त्यसको समन्वय गर्छ र केन्द्रले आवश्यक निर्णय गर्दछ । संघियता कार्यान्वयन गर्ने उपयुक्त अवसर पनि हो । यो अबस्थामा पनि केन्द्रको मुख ताक्नु भनेको जिम्मेवारीबाट पन्छनु हो ।

कोरोना भाइरस कुनै एक देशको मात्रै होईन, यो अन्तराष्ट्रिय महामारी हो । यो कसैले थोपरिदिएको हैन । जनताहरुहरुले पनि यो वेला बल हैन विवेक प्रदर्शन गर्नुपर्छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म कामका सिलसिलामा जो जहाँ हुनुहुन्छ त्यहीं ढुक्क भएर बस्नुस् । खान बस्न पाईएन भने तपाईहरुले त्यहींको स्थानिय तहसँग समन्वय गरेर बस्न सक्नुहुन्छ । खान बस्नको ब्यबस्था स्थानिय तहले गर्नेछ । यस्तो बेलामा स्थानिय सरकारले पनि नागरिकता र घरबेटीको हस्ताक्षर चाहिने नीति नबनाई संकटमा परेको हिसाबले सहयोग गर्नु आवश्यक छ । 

तर केही नभएको भन्दै समूह समूह मा एकत्रित भई मिडिया अगाडि आयो कि रुवावासी गर्दै तीन चार सय किलोमिटरको द्ररी रातारात  हिंडेर घर पुग्नु तपाइको जित हैन, त्यो त तपाइको हार हो । किनकि परिस्थितिको मुकाविला गर्नु तपाईं स्वयंको चैं कर्तब्य हैन र ?

काम लगाउने रोजगारदाताहरुले पनि दुखमा परेका श्रमिकहरुलाई धपाउने वा खेद्न खोज्ने वेला हैन यो, यो बेला त तपाईहरुले सहयोगी हातहरु अगाडि बढाउने हो र संकट टार्दिने हो । अनि पो श्रमिकहरुले तपाईहरु प्रति सहानुभुति प्रकट गर्नेछन् र आवश्यक परेको बेला तपाईलाई पनि साथ दिनेछन् ।

महामारी कसैले चाहेर ल्याएको पनि हुन्न र चाहांदैमा हटिहाल्ने पनि हैन । त्यसैले राज्यले अन्तराष्ट्रिय समुदायलाई हेरेर संयुक्त राष्ट्र संघको अवधारणा अनुसार सुरक्षाका अनेक उपायहरु अपनाउनेछ यो उसको कर्तब्य पनि हो र यसमा साथ दिनु तपाईं सबै नागरिकको कर्तब्य हैन र ?

भिडभाडमा नजानु, सामाजिक दुरी कायम गर्नु भनेपछि बिचबिचमा भेला गरेर भोज गर्ने अनि यो वा त्यो बाहानामा जुलुस निकाल्दा स्वयं तपाईले महामारी त निम्त्याउनु भएको छैन सजग हुनुस् जिन्दगी लामो छ । तपाईं को अटेरीपनले सिंगो समाज नै महामारीको चपेटामा पर्नसक्छ, त्यसपछि दोष कसलाई देखाउनुहुन्छ ?

देश लकडाउन भएको आज २७ दिन बितिसकेको छ । लकडाउनको बेला खानेकुरामा समस्या परेकालाई सरकारले राहात वितरण पनि गरेको छ, राहात बांड्न पनि सरकार अलि हतारिएको देखियो किनकि कम्तिमा एक महिना पुग्ने खानेकुरा जोहो गर्ने बानी नेपालीलाई परिसकेको छ ।

सित्तैंमा पाईने र सरकारले पनि मतको लोभमा नियन्त्रण गर्न नसक्दा राहातमा हुंदा खाने भन्दा हुने खानेले आँखा लगाएको स्थिति देखियो । जो लक्षित बर्ग हो उसले नपाएको स्थिति छ । सोच्नुस् त तपाईं रमाईरहंदा खाना नपाउने को आत्माले कति सराप्छ होला ? घरबेटीहरुले पनि कोठा बहालमा बस्नेलाई दुर्व्यवहार नगर्नुस् सरकारले भनेअनुसार मानविय संवेदना छ भने १ महिनाको भाडा नलिनुस् सकिन्न भने दुख नदिनुस् परिस्थिति सहज भएपछि त पाईहाल्नु हुन्छ नि ।

अत्यावश्यक सेवा दिनेहरु, सेना, प्रहरी, स्वास्थ्यकर्मी तथा प्रशासन चलाउनेहरुलाई हेर्नुस् त ? ती पनि तपाईहरु जस्तै मानव हैनन् र ? उनीहरुका चाँही परिवार छैनन् होला र ? उनीहरुले ज्यानको प्रवाह नगरी तपाईको सेवामा निरन्तर लागिरहेका छन् तर तपाईहरु उहांहरुको अनुरोधलाई ईन्कार गर्दा आफुलाई ठूलो मान्छे महशुश गर्नुहुन्छ तर जिम्मेवार नागरिकको भुमिका यही हो त ?

मिडियाकर्मी साथीहरुले पनि हल्लाको भरमा जे पनि नलेखौं जे हो त्यही लेखौं, आशंका तथा भ्रमपुर्ण समाचार नबनाउनुस् । बरु सन्देशमुलक समाचारहरु प्रसारण गरौं, मानिसको इम्युनिटी पावर बढाउन सक्ने आधारहरु खोजी गरि मानसिक रुपमा ब्यक्तिलाई सक्षम बनाउन लागि परौं ।

यस्ता महामारी नियन्त्रण गर्न हामी सबै एक हुनुपर्छ । सत्ता प्रतिपक्ष, पक्ष बिपक्ष, गुट उपगुट भएर प्रस्तुत हुने होईन । कसले कसलाई खुईल्याउने खेलमा लाग्यौं भने आफैँ सकिनेछौँ । त्यसैले सबै जना आ–आफ्नो ठाउंबाट सक्ने सहयोग गरि इमान्दार भएर लागौं, कोरोना महमारीलाई परास्त गरौं । लकडाउन रहर हैन बाध्यता हो बुझौं । कसले के गर्यो भन्दा पनि मैले के गरें भन्ने पनि साचौँ । त्यसपछि मिलेरै भबिष्यको बारेमा सोचौंला ।

(लेखक होटल अन्नपुर्णमा कार्यरत तथा नेस्वहोमयु केन्द्रीय संगठन तथा प्रचार सचिवसमेत हुन्)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved