रमजान, कोभिड-१९ र हाम्रो दायित्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 02:28:37 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रोफेशर मोहम्मद रमजान अलि मियाँ
आदरणीय दाजुभाइ तथा दिदिबहिनी हरु! हिज्री पात्रो अनुसार आठौं महिना शाअबानको २९ अथवा ३० दिन पूरा हुना साथ पवित्र महिना रमजान आरम्भ हुन्छ।रमजान इस्लामी महिना मध्यको नवौं महिना हो।यस महिना लाई रमजान उल मुबारक भनिन्छ।यस महिनाको शुभकामना दिदां प्राय रमदान करीम ( रमजान करीम) भनेर शुभकामना दिने गरिन्छ।जस्को अर्थ पवित्र महिना रमजान तपाईं माथी कृपालु होस।तपाईंलाई यसको शुभकामना छ।

यसै महिनामा अल्लाहले मानवजातिको मार्गदर्शनका निम्ति पवित्र धर्मग्रन्थ कुरआन करीम अवतरण गर्नु भएको हो।यसै महिनाको अन्तिम हप्ता (लैलत उल कद्र)मा पवित्र ग्रन्थ  कुरआन करीम अन्तिम सन्देष्टा पैगम्बर मोहम्मदको बाहुली बाट हामीले प्राप्त गरेका हौं।सन्  २ हिज्रीमा हामी माथी कुरआनको निर्देशन अनुसार रमजान महिनाको रोजा "उपबास " अनिवार्य गरिएको हो।यो महिनामा प्रत्येक व्यशक पुरुष  महिलाले अनिवार्य रुपमा बिहान सुर्योदय भन्दा करिब १ डेढ घण्टा अगाडि बाट सुर्यास्त सम्म पानी पनि नखाइ उपवास बस्नु पर्ने ईस्लामिक मान्यता रहि आएको छ।यस समयमा खाने कार्यलाइ सेहेरी ( सुहुर) भनिन्छ।बालबालिका तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरी,लामो यात्रामा रहेका बाहेक सबैले उपवास बस्नु पर्ने हुन्छ।

रमजान इस्लाम धर्मको ५ आघार मध्य एक हो। यो महिनामा धूम्रपान, मदिरा सेवन, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरू धर्म ईस्लामिक मूल्य मान्यता विपरीत मानिन्छ ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्न मनाही छ । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।  सूर्यास्त भएपछि उपबास बस्नेहरू केही खाने कुरा खाएर रोजा( व्रत) तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, फलफूललगायत खानेकुरा खाइन्छ ।

यो महिनामा धेरै भन्दा धेरै पुण्य कार्य गर्ने, दानदक्षिणा दिने सदका जकात अनिवार्य रुपमा गरिब असहाय तथा न्युनवर्गका मानिसहरुलाइ उल्लेख्य रुपमा सहयोग गर्नु पर्ने हुन्छ किन भने ईस्लामिक मान्यता अनुसार यस महिनामा गरेको पुण्य अन्य महिना भन्दा ७०% बढी गरे अनुसार पुण्य प्राप्त हुन्छ।यो महिनामा कुरआन धेरै पढिने र कुरआन लाई विशेष रुपले आफ्नो दैनिकीमा समावेस गर्नु पर्ने भएकोले यस महिनालाइ कुरआनको महिना पनि भनिन्छ।यस महिनाको साझपख रातिको नमाज जसलाइ ईशाको नमाज भनिन्छ पछि एकजना इमामको अगुवाईमा समुहमा उभिएर  पूरा महिना कुरआन सुनिन्छ।यस कार्यलाइ तराविह भनिन्छ।जुन माथी उल्लेखित सबैमा अनिवार्य रहेको छ।

यस पवित्र महिनामा उपबास बसेर धेरै भन्दा धेरै नमाज पढ्ने, अनावश्यक काममा ब्यस्त नहुने, शरीरका सबै अंङ्गलाइ समेत उपबासको आभास गराउने अर्थात आंखाले गलत दृश्य/कार्य नहेर्ने, कानले गित सङ्गीत गलत कुराहरु नसुन्ने, मुखले असभ्य कुरा नबोल्ने कसैलाइ गाली बेइज्जतीका शब्दहरु बोल्न बाट पुर्ण रुपमा रोक्ने।यसैगरी सहवास बाट र यौन कार्य बाट टाढा बस्ने, जानीजानी केही वस्तु नखाने नपिउने।यसैगरी आफ्नो कुकर्म तथा जानअन्जानमामा भएका गलतीको क्षेमायाचना गर्ने मुख्य कार्यहरु हुन।रोजा बसेर पनि यस्ता अनैतिक क्रियाकलाप तथा अस्वभाविक कार्यहरु लाई निरंतरता दिएको खण्डमा रोजा राख्नुको कुनै औचित्य रहंदैन।अल्लाहले भनेका छन यस्तो रोजावालाले भोक प्यास तथा कष्ट बाहेक अरु केही पाँउदैन।यस्तो उपवासको अल्लाह सामु कुनै महत्त्व छैन भनिएको छ।रोजाको उदेश्य प्राप्ति नहुने हुनाले यस्ता कार्यहरुलाइ पुर्ण रुपमा वर्जित गरिएको छ।
यो पनि: नेपाल र कतारबीचको सम्बन्ध श्रम र रेमिट्यान्स भन्दा माथि किन उठ्न सकेन ? प्रोफेशर रमजान मियाँसंगको अन्तर्वार्ता
यस महिनामा अन्य महिनाहरु भन्दा बढी उपासना र उत्तम कार्यहरुलाई विशेष रुपमा गर्न सन्देष्टा मोहम्मद वहाँ माथी शान्ति होस ले आफ्ना वाणिहरु मार्फत दिनु भएको छ।हरेक इस्लामी ग्रन्थहरुले जस्मा कुरआन हदीस पर्दछन यस महिनाको महत्त्व र यस महिनाको बिशेषतालाइ उल्लेख गरेका छन।रमजानको व्रतको बारेमा अल्लाहले भनेका छन कि इन्नस् सौम लि व आना उज् जी बिहि।अर्थ: निसन्देह रोजा ( सौम) मेरो निम्ति हो र म नै यसको बदला दिनेछु। यसैगरी अल्लाहका सन्देष्टा पैगम्बर मोहम्मद वहाँ माथी शान्ति होस ले भन्नू भएको छ कि  यो रोजा सबै पापहरु बाट बचाउने सुरक्षा कवज हो।

यस पवित्र महिनाका दिनहरु नमाज तथा कुरआन पढेर र अन्य पुण्य कार्य गरेर सदुपयोग गरिन्छ भने यसका रातहरुमा आफ्नो कुकर्म तथा जानअन्जानमा भएका भुल तथा  गलतीहरुको क्षमायाचना तथा अल्लाहको उपासनामा बिताइन्छ।बिहान देखि बेलुका सम्म एक घुटुक पानी पनि नखाइ उपवास बसे पश्चात  मानिसम एक प्रकारको आत्मशुद्दिता प्राप्त हुन्छ जुन म यहाँ कलम द्वारा लेखेर बयान गर्न सक्दिन।रमजानको रोजा पैगम्बर मोहम्मद (वहाँ माथी शान्ति होस)को आगमन पुर्व पनि विभिन्न धर्महरुमा र विभिन्न सन्देष्टाहरुमा रहेको इस्लामी इतिहासका पानाहरुमा पढ्न पाइन्छ।जस्तै पवित्र कुरआनले भनेको छ "या ऐय्युहल लजिन आमनु कितिब अलैकुमुस्सियामु कमा कुतिब आलल लजिन मीन कब्लिकुम ल अल्लकुम तत्तकुन"।

यस् बाट यो प्रष्ट भयो कि उपबासको प्रचलन सबै धर्म समुदायमा रहेको रहेछ।तर यस्को उदेश्य चाहिँ सबैमा फरक पाइन्छ।तर तिं सबैलाई यहाँ उल्लेख गर्नु भन्दा यति बुझ्न जरुरी छ कि इस्लाममा उपबासको एक मात्र उदेश्य हो अल्लाहको प्रसन्नता र  भय प्राप्ति।रमजानको रोजाको माध्यम बाट मानव जातिमा एक नितान्त फरक प्रकारको भयको माग गरिएको छ।जस्ले उसलाइ आगामी ११ महिनाको दिनरात अर्थात चौबीसै घण्टाको जीवनमा त्यही अनुशासनको अपेक्षा गरिएको हुन्छ जुन अनुशासन रमजानको रोजा उपबास बसेको अवस्थामा हुन्छ।

यस पवित्र महिनामा गरीब असहाय तथा निम्नवर्गका मानिस एवं परिवारमा  विशेष ध्यान दिने आदेश इस्लामले दिन्छ।आफ्नो कमाइको कुल सम्पत्तिको २.५ प्रतिशत हिस्सेदारी अटोमेटिक्ली गरीब असहायको हुन जान्छ।यो कुनै दान र शुल्क भने होइन यो धर्मदान पनि होइन यो केवल हो त सामर्थवानको सम्पत्तिमा असमर्थ गरीब तथा असहायको अधिकार जुन उसले दिनु  नै पर्ने र असामर्थवानले पाउनु नै पर्ने एउटा निश्चित रकम वा वस्तु हो।यो रकम त्यस्ले भुक्तानी गर्नु पर्ने हुन्छ जो संङ्ग आजको युगमा साढे सात तोला सुन / साढे बाउन्न तोला चांदी वा सो बराबर खाने पिउने पहिरिने प्रयोग गर्ने वस्तु बाहेकको सम्पत्ति छ उसले अनिवार्य जकात दिनु पर्ने हुन्छ।यो अधिकार हो कुनै उपकार होइन भन्ने कुरा बुझ्नु जरुरी छ।केही इस्लामी बिज्ञहरुले त यहाँ सम्म लेख्नु भएको छ कि जकात लिने ब्यक्ति जकात दिने कहाँ गएर लिने होइन।

वास्तवमा जकात दिने ब्यक्ति जकातको भागिदार कहाँ गएर सम्मानपुर्वक दिने हो अर्थात जकात दिएर आफ्नो जिम्मेवारी बाट मुक्त हुने हो।यस महिनाको उपवास समाप्ति पश्चात जुन खुशी र उत्सव मनाइन्छ त्यसलाइ ईद उल फित्र भनिन्छ।यो तीन दिन सम्म मनाइने पर्वको पहिलो दिन धैर्यता र कृतज्ञताका निम्ति अल्लाह सामु सामुहिक रुपमा खुल्ला मैदान अथवा शहरको ठूलो मस्जिदमा दुगाना दुई रकअतको नमाज पढिन्छ।सेवइ र मीठो गुलियो खाएर एक आपसमा खुशियाली साटासाट गरिन्छ।यस अवसरमा पनि दुखी गरिब असहायका निम्ति सदकतुल फित्रको एक विशेष रकम अदा गर्नु पर्ने हुन्छ।जुन ईद उल फित्रको नमाज पुर्वक भागिदारले पाउनु पर्दछ।उदेश्य भनेको गरीब असहायको खुशीमा पनि चार चन्द्रमा लागोस।

आज हामीहरु जकात दिनबाट जसरी आफुलाइ बन्चित गरिरहेका छौं यो अत्यन्तै दु:खद छ।यस महान जिम्मेवारीको उलंघनले गर्दा संसारमा विभिन्न प्रकारका समस्याहरुले जन्म लिइरहेका छन।जस्को फेहरिस्त लामै छ।बर्तमान अवस्थामा संसारभरी देखिएको कोरोना भाइरस रोगले बिश्व महामारीको रुप लिइसकेको अवस्थामा हाम्रो जिम्मेवारी पहिले पहिलेका रमजान भन्दा फरक र उच्च हुन आउने कुरामा कुनै शंका नै रहेन।यस वर्ष रमजानको महिनामा बिगतमा वर्षहरु जस्तो हर्षउल्लास छैन।कतार भरी रमजानमा गरिने सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएका छन।तथापि यहाँ यस महिनाका निम्ति अवलम्बन गरिएको कानुन भने यथावत नै छ।
हामी जुन देशमा बसिरहेका छौं यो देश एक इस्लामीक शरियत अनुसरण गर्ने र इस्लामीक सामाजिक संस्कार पालना गर्ने देश भएको हुनाले रमजान महिना सम्बन्धि पनि यहाँको ब्यवस्था हामी कहाँ भन्दा केही फरक छ।जस्तै १-रमजान महिनामा सार्वजनिक स्थान/ स्थलमा खानपिन गर्न मनाही छ।२- उपबास बसेको ब्यक्तिको सामुन्ने केही खान पिन गर्नु हुँदैन 
३-गित संंगित नाचगान बाट सके सम्म बच्ने।यहाँ यस प्रकारको क्रियाकलाप लाई उत्तम मानिदैन।
४- वर्त बस्नेहरूले कम काम गर्नुहोस्।यो समयमा निजी संस्थाहरुले पनि साधारण कार्य समय ६ घण्टा बढी लगाउन पाउँदैनन् ।
५. वर्त फुकाए पछि जिम वा कडा कसरत नगर्नुहोस् । सकेसम्म यो महिना शरीरलाई आराम दिनुहोस् ।
६  सपिङ सेन्टर, मल लगायत अन्य भिडभाड हुने ठाउँ इफ्तारको समय पछि नजानुहोस् ।यो बेला सवारी तथा मानिसको चाप धेरै हुनाले समस्यामा पर्न सकिन्छ ।

मुस्लिम,गैर मुसलमानहरु जस् कसैले पनि यस महिना अवधि भर खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ।तसर्थ यिं बिषयहरुमा सावधानी अपनाउन जरुरी छ।
स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यतिबेला बिश्वका अधिकांस मुलुकहरुमा लकडाउन, कर्फ्यु लगाइएको छ।आवतजावतमा रोक लगाइएको छ।कयौं परिवारहरु घरभित्रै बस्न वाध्य भएका छन।यस्तो विषम परिस्थितिमा हामीले राखेको रोजाले हामीलाइ चिच्याइ चिच्याइ हाम्रो कर्तव्यबोध गराइरहेको छ।हामीले अरु केही गर्न नसके पनि कमसेकम आफ्नो जकात  हिसाब गरेर निष्कासन गरौं।त्यस्ता गरिब असहाय परिवार , महिलाहरुलाइ प्राथमिकतामा राखौं जो आफ्नो घरबाट बाहिर निस्किन अप्ठ्यारो महसुस गर्छन र तपाईं हामी संङ्ग खुलेर आफ्नो आवस्यकता बारे अवगत गराउन सक्दैनन्।रमजानमा उनीहरुको चुलो पनि अन्यका झैं जलोस।सानासाना बालबालिकाको आवश्यकता हामीले महसुस गर्नु पर्दछ।इस्लामी मुल्यमान्यता अनुसार यो महिना त्याग र बलिदानको महिना पनि हो।यस महिनाका हरेक दिन प्रत्येक रात लगायत हरेक पलहरु अति महत्त्वपूर्ण र उपलब्धि मुलक छन।यसको सदुपयोग गर्नेहरु नै भाग्यमानी हुन।बिगतका वर्षमा हामी माझ रहेका क्यौं आफन्तहरु यस वर्षको रमजानमा हामी माझ छैनन् ।बिगतका तिं दिनहरू अब स्मरणमा मात्र सुरक्षित हुन पुगेका छन।यस वर्ष बिश्वको अवस्था चुनौतीपूर्ण रहेको छ।संसारका प्राय सबै मुलुक कोरोना जस्तो ज्यान लिने रोगको चपेटा मुनि बांच्न बाध्य छन।अवस्था हेर्दा यस्तो लाग्छ कि अब हामीले हाम्रो बांच्ने तरिका र जिवनयापनको धार नै परिवर्तन गर्नु पर्ला जस्तो छ।मानव जगत बिच कोभिड १९ ले डरलाग्दो अवस्था सृजना गरिदिएको छ।जीवन पद्धति खतरामा परेको छ।कर्फ्यु लकडाउन आवतजावत अवरुद्धले जिवनास्तरमा ठूलो समस्या उत्पन्न हुन गएको छ।

कोभिड-१९ जस्तो महामारी लाई मध्यनजर गर्दै  लकडाउन बारे म दुई वटा बिषय यहाँ राख्न चाहन्छु।
१-सरकारी आदेश कानुन तथा निर्णयहरुको पालना गर्नु तपाईं हाम्रो नैतिक,सामाजिक तथा मानवीय दायित्व हो।सरकारका निर्णय र आदेशको उदेश्य पनि नागरिकको सुरक्षा नै हो भन्ने कुरालाइ हामीले बुझ्नु पर्दछ।जहाँ कहिँ पनि यदि कुनै प्रकोप महामारी फैलिएको छ भने यथास्थानमा नै बस्नु भन्ने आदेश त इस्लामी शरीयतको पनि त छ।तसर्थ म सम्पुर्णमा हार्दिक आग्रह गर्दछु कि सरकारको सबै आदेश तथा निर्णयहरुको पुर्ण रुपमा पालना गर्नु होस।आफू आफ्नो परिवार र समाजको स्वास्थ्य सुरक्षाको अधिक ख्याल गर्नु होस।रमजानको महिनामा  धेरै चिसो पदार्थहरुको प्रयोग बिगतमा झैं यश वर्ष नगरौं।तराविह जुमुआ पाँच वक्ता नमाज घरमै सम्पन्न गरौं।स्वास्थ्य मा कुनै समस्या देखा परे तुरुन्तै नजिकको स्वास्थ्य केन्द्रमा वा निकायमा खबर गरौं ।रोग लुकाएर नबसौं किन भने यो त इस्लामी बिधिबिधाननको पनि त उलंघन हो।हाम्रो आस्था र अकीदा बिपरित पनि हो।स्वास्थ्य सम्बन्धि उपायको अनुसरण गर्नु त इस्लामी विधि सम्बत रहेको हुनाले सावधानीका उपायहरु उपयोग गर्न बाट पछि नहटौं।अत्यावश्यक काम बाहेक अन्यका निम्ति घर बाट बाहिर निस्किने काम नगरौं।कतार सरकारको आधिकारिक निकाय र नेपाल सरकारको सम्बन्धित नियोग, सञ्चार माध्यमहरुका सुचना लाई मात्र बिश्वास गरौं।

यसै गरि यिं बाहेक अन्य सामाजिक संजालमा आएका सुचनाहरु सेयर गर्नु पुर्वक अनिवार्य रुपमा तिनको चेकजाँच गर्नुहोस।अफवाह फैलिने फैलाउने माध्यम बन्न बाट बच्नु बचाउनु होस।बर्तमान अवस्थामा मास्कको प्रयोग अनिवार्य गर्नु होस।समयसमयमा २० सेकेन्ड जति मिचिमिची हात धुनुहोस।सेनिटाइजर तथा साबुनको प्रयोग अधिक्तम रुपमा गरौं।सामुहिक इफ्तार पार्टी तथा जमघट बाट बच्नु अहिलेको अवस्थाको प्रमुख माग हो भन्ने नबिर्सौं।

२-सामाजिक एवं भौतिक दूरी कायम गर्दै रमजान महिना भर रोजाको अनिवार्यता लाई पालना गरौं । आफ्नो क्षमता अनुसार उपासना गर्नु होस, दुखी गरीब असहायलाई सहयोग गर्नु होस, आफ्ना गलती र जानअन्जानमा भएका भुलहरुको प्र्यश्चित गर्नुहोस।आगामी रमजान फेरि प्राप्त हुने नहुने कुनै जानकारी छैन तसर्थ आदेशहरु प्रती कटिबद्ध रहौं।बिशेषत: कतार लगायत बिश्वका विभिन्न कुनामा विभिन्न कारणले आप्रवासनको जीवन बिताइरहनु भएका सम्पुर्ण नेपाली जनहरुको सु स्वास्थ्य ,सुरक्षा , एकताको कामना गर्दै र समुहगत रुपमा कोभिड १९ लाई परास्त गर्ने शक्ति प्राप्त होस भन्ने शुभेच्छाका साथ रमजान करीमको हार्दिक शुभकामना ब्यक्त गर्दछु।

लेखक राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक, खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ हुन्

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved