चैत्रदेखिको हाम्रो तलब कहिले आउँछ सरकार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 01:50:02 PM मा प्रकाशित

laxmi  sunrise bank

देश कोभिड–१९ सँग जुधिरहेको छ । हामी श्रमिकहरु सरकारले घोषणा गरेको लकडाउनलाई पालना गरि घरमै बसि सरकारलाई सहयोग गरिरहेका छौं । यस जटिल परिस्थितिमा देशका ब्यबसायीहरु श्रमिक मार्ने खालका एकतर्फी निर्णयहरु गर्दै सरकारसँग भिक मागिरहेका छन् । सरकारी कर्मचारीहरुलाई त राज्यले तलब समयमै उपलब्ध गराएकै छ तर निजी क्षेत्रमा काम गर्ने हामी हुँदा खाने वर्गलाई वयवसायीहरुले तलब पनि नदिइ पीडा माथि पीडा दिईरहेका छन् ।

राज्यले राजपत्रमा सुचना प्रकाशित गरि श्रमिकको तलब नरोक्न भनेको छ । तर व्यवससायीहरु तलब दिनै नसक्ने बताईरहेका छन् । यसको प्रत्यक्ष असर हामी श्रमिकहरुलाई परेको छ । घरबेटीले कोठा भाडा तिर्न नत्र कोठा छोड्न पटक पटक ताकेता गरिरहेका छन् । हामीले न भाडा तिर्न सकेका छौं न निस्कन नै ! हामी कति दिन यसरी बस्नुपर्ने हो ? एक जनाले कमाएर कम्तीमा ४ जना बचाउन पर्ने देशमा जन्मिएका हामी रोगले भन्दा पनि भोकले मर्ने भयौं सरकार !

हामीले पनि राज्यलाई आम्दानी अनुसारको कर तिरेका छौं, राज्यले तोकेको सबै नियम कानुन भित्र रहेका हामीहरुको रक्षा कसले गर्दिने हो ? 

२ महिना हुन लाग्यो सरकार तलब नपाएको । ढिला भैसक्यो अनुरोध मात्र गर्न हैन, अब काम भएन भने कारवाही गर्ने हिम्मत राख्न पर्यो सरकारले । युनियन गठन भएर सिबिए गरेका ठुला ठुला प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुको त स्थिति नाजुक भईसक्यो । जहाँ युनियन नै छैन अनि परिवार भित्रकै सदस्यहरुले चलाएका साना तिना प्रतिष्ठानमा काम गरेका श्रमिकहरुको हालत कस्तो होला ? तलब नै नदिए पनि आफ्ना श्रमिकहरुको यो स्थिति मा के छ हालखबर भनेर समेत सोध्न नचाहेका कठोर मन भएका व्यवसायीहरु प्रति श्रमिकहरुको तर्फबाट अब साहानुभुति समेत नरहने भयो ।

सरकारले यी मानवीयता नभएका नभएका व्यवसायीलाई मनाएर तलब  हाल्न लगाउन पर्यो, कि सरकार अफैंले तलब दिनु पर्यो । 

हाम्रो बाँच्न पाउने अधिकार सुनिश्चित गर्दे सरकार !

लेखकः तीर्थ सुवेदी 

संगठन तथा प्रचार सचिब नेस्वहोमयु केन्द्रिय कमिटी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved