वैशाख १० गतेदखि हकप्रदमा अवितरित १९ लाख कित्ता शेयर लिलाम गर्दै अरुण भ्याली हाइड्रो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 09:07:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर कम्पनीले वैशाख १० गते देखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित  १९ लाख ९२ हजार १ सय ३४ कित्ता शेयर लिलाम गर्न लागेको हो।

यस लिलामीको शेयरमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ। शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ  ।

यस लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। तर दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन  । ५ लाख भन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नु पर्ने छ  ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ। 

कम्पनीले निष्काशन गरेको हकप्रद शेयर चैत्र २७ गते बाँडफाँड भएको हो । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म हाल कायम चुक्ता पुंजीको  १:१ को अनुपातमा शत प्रतिशतले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गरेको  थियो । हकप्रदमा ३३ हजार ७ सय १४ जनाले आवेदन दिएकोमा उनीहरुलाई कुल १ करोड ६६ लाख ८७ हजार ४ सय ९२ कित्ता शेयर बाँडफाँड गरिएको थियो।  नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved