महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । ग्रुपले ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडालाई नियुक्त गरेको हो ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै वातावरण मैत्री E2O बिधुतिय गाडीको चाबी खतिवडालाई प्रदान गरेका हुन् ।
अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा आवद्ध हुन पाएकोमा आफु निकै खुसि भएको र आफुलाई बिधुतिय गाडी धेरै मन पर्ने भएकोले गाडी प्रदान गरेकोमा अग्नि ग्रुप परिवारलाई खतिवडाले धन्यबाद तथा आभार ब्यक्त गरिन ।
अग्निले बिगत तिन बर्षदेखी महिन्द्रा बोलेरो पिकअप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिकअप ग्राहकहरुका SEE दिएर बसेका उत्कृस्ट २५ छोराछोरीहरुलाई जनही २५ हजार रुपैयाका दरले पुरस्कार रकम तथा प्रसंशा पत्र प्रदान गरेको छ ।