ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डको उपाधि जितेको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक SUV लाई ५ हजार ७३१ मिटरको उचाईमा टिबेटको साउलापाससम्म चलाइएको थियो । यसपछि कोनाले ५ हजार ७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रकर्ड तोडेको हो ।
गिनिज वल्र्ड रेकर्डसका एड्जुडिकेटर ऋषीनाथले सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको उपाधिका लागि ह्यून्डाई मोटरलाई बधाई दिएका छन् ।