अटो व्यवसायीले मागे गाडी आयात रोक्ने लिखित निर्देशन, बैंकका सीईओहरुसँग पनि छलफल गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 10:01:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई गाडी आयातको एलसी रोक्न निर्देशन दिएपछि आपतकालिन बैठक बसेका अटो व्यवसायीहरुले राष्ट्र बैंकसँग लिखित निर्देशन माग गर्ने निर्णय गरेका छन् ।

सोमबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर राष्ट्र बैंकले गाडी आयातका लागि एलसी नखोल्न र खोले नखोलेको रिपोर्ट दैनिक राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएपछि मंगलबार नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आपतकालिन बैठक बसेको थियो ।

बैठकले राष्ट्र बैंकले लिखित रुपमा दिएको निर्देशन मात्रै मान्य हुने भन्दै मौखिक निर्देशनकै भरमा बैंकहरुले एलसी खोल्न छोड्नु गलत भएको ठहर गरेको छ । मंगलबारको बैठकले राष्ट्र बैंकबाट लिखित आएपछि अर्को बैठक बसेर आधिकारिक धारणा बनाउने निर्णय पनि गरेको छ ।

यसअघिः
गाडी आयात बन्दको निर्देशनले २ खर्ब ५० अर्ब राजश्व गुम्ने, बैंकहरुको नाफा पनि घट्ने

‘सुरुमा राष्ट्र बैंकले क्लियर गर्नुपर्यो, यसका लागि हामीले राष्ट्र बैंकसँग क्लियरिफिकेशन माग गर्ने निर्णय गरेका छौँ’ नाडाका उपाध्यक्ष सुनिल रिजालले भने, ‘भोली हामी बैंकर्स एसोसियसनसँग छलफल गर्दैछौँ, भोली नै अर्थमन्त्री वा प्रधानमन्त्रीलाई नै भेटेर यो निर्देशनले पार्ने प्रभावका विषयमा जानकारी गराउँछौँ ।’

विदेशी मुद्राको संचिति ६ महिनाको बस्तु तथा सेवा आयातमा समेत नपुग्ने अवस्थामा रहेको भन्दै राष्ट्र बैंकले बैंकका सीईओहरुलाई गाडीहरुको एलसी रोक्न निर्देशन दिएको थियो ।  

नाडा उपाध्यक्ष रिजालले भने स्पेयर पार्टस् मानिसले रहरले नफेर्ने भन्दै अत्यावश्यक बस्तुको समेत आयातमा बैंकहरुले एलसी खोल्न नमानेको बताएका छन् । 

यो पनिः
राष्ट्र बैंकले गाडी आयात रोक्न निर्देशन दिएपछि अटो व्यवसायीहरुको आपतकालिन बैठक

‘एलसी टोटल (सम्पूर्ण रुपमा) बन्द छ, बैंकहरुले खोल्दै खोल्दैनन्’ रिजालले थपे, ‘टायर, स्पेयर पार्टस्, क्लच भनेको मान्छेले रहरले फेर्ने होईन, हिड्दै जाँदा बाटोमा कतिखेर बिग्रिन्छ, अनि फेर्ने हो । अनि त्यस्ता आवश्यक बस्तुको पनि आयात रोक्ने भन्ने कुरा जायज होईन ।’

उनले व्यवसायिक गाडीहरुको आयात जहिल्यै पनि खुला राख्नुपर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved