सेगवे इलेक्ट्रिक स्कुटर मार्फत धीरेनले गरे पूर्व-पश्चिम यात्रा, कुल खर्च ६५० रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 05:20:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सेगवे इलेक्ट्रिक स्कुटर E100 मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्व देखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । उनले ६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए ।

कम्पनीका अनुसार उनले सम्पूर्ण यात्राको दौरान चार्जिंग खर्च रु ६५० मात्रै खर्चिएका थिए । यात्रा आवाधी भरि, स्कुटर कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको कम्पनीले जनाएको छ। स्कुटरके यी परीक्षणहरू मार्फत सहजै विभिन्न भू–भाग र परिस्थितिहरूमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको कम्पनीले उल्लेख गरेको छ ।

धिरेनले यो यात्रा  सुरु गर्नु अघि सोही स्कुटरबाट काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गरेका थिए। यसै गरि उनले  काठमाडौंदेखि पोखरासम्मको यात्रा गरि परीक्षण गरेका थिए।   

कम्पनीका अनुसार स्कुटर प्रति घण्टा ६० कि.मी उच्च गति र उत्कृष्ट सुरक्षा सुविधाहरू भएको इलेक्ट्रिक स्कुटर हो । यसमा डुअल डिस्क ब्रेक, टिकाउ सस्पेन्सन प्रणाली र एलईडी डिस्प्ले जस्ता उन्नत सुविधाहरू छन् । आई हब प्रा. लिमिटेड नेपालमा सेगवेको लागि आधिकारिक वितरक हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved