नेपाली बजारमा किन लोकप्रिय छ टाटा नेक्सन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 12:37:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रविधिको द्रुत विकाससँगै गाडीहरुमा पनि पेट्रोल र डिजेलका ठाउँमा विद्युतीय (electric) गाडीहरुको विकास र प्रयोग बढ्न थालेको छ ।

नेपालमा विभिन्न कम्पनीका electric गाडीहरु देख्न सकिन्छ l जस्तै NETA V, टाटा Nexon, BYD, Hyundai Kona EV, Nissan Leaf, Kia Niro EV,MG ZS EV, hydudai Iqoniq 5. जसमध्ये टाटा को electronic car बजारमा धेरै देखिन्छl

विद्युतीय कार आफ्नो आगमनदेखि नै लोकप्रिय भएको छ।

नेपालमा सन् २०२२ को उत्कृष्ट इलेक्ट्रिक कारहरू मध्ये एक टाटा मोटर्सक हो। TATA Nexon EV  नेपालमा सबैभन्दा बढी देखिने इलेक्ट्रिक कार हो। TATA Nexon EV  नेपालमा सबैभन्दा बढी देखिनुको कारण यसको सस्तो मूल्य, क्षमता र विशेषता नै हो । यो तीनवटा फराकिलो भेरियन्टमा पाउन सकिन्छ : XM, XZ, XZ Lux। जेट एडिसनमा टप-स्पेक XZ लक्स ट्रिम पनि पाउन सकिन्छ।

Nexon EV प्राइमको सिट क्षमता पाँच जना यात्रुहरू बस्न सक्ने छ। TATA Nexon EV मा 30.2 kWh ब्याट्री छ, जसले पूर्ण चार्जमा 312km को अधिकतम दायरा दिन्छ। यसमा 205mm को ग्राउन्ड क्लियरेन्स र 1606mm को उचाइ छ।

यसको ब्याट्री प्याक ३.३ किलोवाटको एसी चार्जर प्रयोग गरेर ८.५ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ। 50kW DC फास्ट चार्जर प्रयोग गरी चार्ज गर्दा यो लगभग 60 मिनेटमा शून्यबाट 80 प्रतिशतमा जान्छ।

इन्जिन :

यसमा 3 चरण स्थायी चुम्बक सिंक्रोनस मोटर (Engine) जडान छ जसले 127.0 Bhp पावर उत्पादन गर्छ र 245 NM को torque उत्पादन गर्छ र यसको उच्च गति (Top speed) १२० km/h रहेको छl यस electric गाडी को carb weight 1400 kg छ र यसको वुट space (३५०liter) ठूलो रहेको छl

विशेषताहरू:

यसका विशेषताहरूको सूचीमा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरमा ७ इन्चको TFT डिस्प्ले, जोडिएको कार टेकसहितको ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, अटो एसी, अटो हेडलाइटहरू र एकल प्यान सनरुफ समावेश छन्। अफरमा रहेका अन्य सुविधाहरूमा क्रुज कन्ट्रोल, मल्टि-लेभल रिजेनेरेटिभ ब्रेकिङ र स्मार्टवाच कनेक्टिभिटी समावेश छन्।

सेफ्टी:

TATA Nexon EV ले सेफ्टी फ्रन्टमा नी डुअल फ्रन्ट एयरब्याग, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, एबीएस विथ ईबीडी, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) र आइसोफिक्स चाइल्ड सिट एन्करहरू छन्।

  Pro of TATA Nexon EV

·       मौन र smooth ड्राइभ गर्न सकिने

·       सुविधाहरूको साथ राम्रोसँग भरिएको

·       बलियो सुरक्षा प्याकेज

·       ब्याट्रीमा लामो वारेन्टी

·       EV Max ले धेरै व्यावहारिक दायरा र छिटो चार्ज गर्ने विकल्पहरू प्रदान गर्दछ

 Features and Price of TATA Nexon EV

Motor: 95kW Permanent Magnet Synchronous Motor (PMSM)

Dimension: 3993 x 1811 x 1616 mm

Wheelbase: 2498 mm

Max Power: 129 PS

Max Torque: 245 Nm

Transmission: Automatic

Drive Type: FWD

Top Speed: 167 Kmph

Battery Capacity: 30.2 kWh

Range: 312 Km (~250-270Km)

Charging Time: 8.5 Hours (0-80% in 1 hour with Fast Charging)

Front Tyre: 215/60 R16 – Disc

Rear Tyre: 215/60 R16 – Drum

Tubeless Tyres: Yes

Safety System: Airbags, ABS, EBD, CSC, HAC Suspension Setup: McPherson Strut and Twist Beam

Seating: 5-Seater

Storage Capacity: 350 liters

Ground Clearance: 205 mm

Kerb Weight: 1748 kg

Colors: White, Silver, and Blue

Price:

XM   Electric Rs. 38,99,000XZ  Electric Rs. 40,99,000

XZ Lux   Electric Rs.42,99,000

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved