बिवाइडी गाडी बिक्रेता साइमेक्स इंकद्वारा ‘सपना र वनजङ्गलको निर्माण’ अभियान घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 05:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व जैविक विविधता दिवसको अवसरमा बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘सपना र वनजङ्गलको निर्माण’को अभियान घोषणा गरेको छ ।

२०६२ मा गैरकानूनी उत्खनन् र फडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनःस्थापनाको लक्ष्य लिएको अभियानले वृक्षारोपणको पहिलो वर्ष नै ८२७ टन अक्सिजन उत्पादन गर्दै ३१० टन कार्बन संरक्षण गर्ने र ५ वर्षभित्र बिवाइडी वनले १५५० टन कार्बन जम्मा गर्दै ४ हजार १३३ टन अक्सिजन उत्पादन गर्ने बताएको छ ।

कम्पनीका प्रमुख मार्केटिङ अधिकृत समीर श्रेष्ठले यो अभियानले चखनडोल सामुदायिक वनलाई पुनर्जीवित गर्ने मात्र नभई वातावरण संरक्षणमा हाम्रो निरन्तरको प्रयास र दिगो भविष्य निर्माणको लक्ष्यको प्रतिनिधित्व गर्ने बताए । यो कार्यक्रमले अरुलाई पनि जैविक विविधताको क्षेत्रमा काम गर्न प्रेरित गर्ने उनको विश्वास छ । 

यो महत्वाकांक्षी प्रयासले वनलाई ब्युँताउने मात्रै नभई ७–८ थरिका चराका प्रजातिलाई फेरि फर्काउन र यस क्षेत्रको पर्यावरण सन्तुलनमा समेत सघाउने उनको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved