बजाजको फाइनान्स जात्रा शुरु, शून्य प्रतिशत ब्याज मै बाइक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 04:22:07 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको छ । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिना सम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो भएको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहक वर्गहरु माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरिएको हो । यस फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटसाइकल खरिदमा ५०% डाउन पेमेन्टमा १८ महिना सम्मको किस्तामा ०% ब्याजदरको लाभ लिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यो जात्रा काठमाडौँ उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा जेष्ठ २८ देखि ३२ गते सम्म ५ दिनको लागि लागुहुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved