साउन २२ देखि सुजुकी जिम्नी र फ्रोन्क्स नेपालभर उपलब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 11:37:03 AM मा प्रकाशित

laxmi  sunrise bank

 दुई सुजुकी एसयूभीहरु अब नेपाल भरका सबै सुजुकी शोरुमहरुमा उपलब्ध हुने भएको छ । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स  अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले साउन २२ गतेदेखि एसयूभीहरु हेर्न र टेस्ट ड्राईभ लागि उपलब्ध हुने जनाएको हो।

सो दिन सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले उल्लेख गरेको छ। सो एसयूभीहरु बुकिंग २९ असार २०५० साल देखिनै खुल्ला गरेको थियो।  आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जिम्नीको सुरुवाती मूल्य रू. ५९,९९,०००/- बाट र फ्रोन्क्सको मूल्य रू. ३९,९९,०००/- बाट सुरु हुनेछन् ।

कम्पनीका अनुसार ५- ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

कम्पनीले भनेको छ 'एसयूभी एक समर्पित उन्नत 4WD प्रणाली, ALL GRIP PRO संग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र 3 Link Rigid Axle Suspension जस्ता अफ-रोड सुविधाहरू समावेश गर्दछ । अफ-रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरव्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ ।' 

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी रहेको कम्पनीले जनाएको छ।  “द फेस अफ न्यु एसयूभी“ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र  स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। प्रिमियम डिजाइन, नया युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved