बीवाइडी एटो–३ काठमाडौँ आइपुग्यो, आजबाट डेलिभरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 04:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो–३ काठमाडौँ ल्याएको छ । आइतबार एटो–३ भेरियन्टका ४५ युनिट गाडी काठमाडौँ आएको कम्पनीले जनाएको छ । 

५५ लाख ९९ हजार मूल्य पर्ने यो गाडीमा ५० किलोवाट आवर ब्याट्री क्षमता छ । 

आजबाट डेलिभरी सुरु भएको कम्पनीले जनाएको छ । डेलिभरीका लागि सुरुमा ४५ युनिट गाडी भित्र्याइएको कम्पनीले जनाएको छ । 

यसमा १ सय किलोवाटको मोटर छ। जसमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री जडित छ । एक पटकको फुल चार्जमा ३४५ किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved