अटो शोमा सिजी मोटोकर्पका जिम्नी र फ्रन्क्स मुख्य आकर्षण हुने दाबी, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 03:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मारुती सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले भदौ २६ गतेदेखि हुने नाडा अटो शोमा २ वटा ब्राण्ड प्रदर्शनमा राख्ने भएको छ । जिम्नी र फ्रन्क्स ब्राण्डका गाडी सिजी मोटोकर्पले नाडा अटो शोमा प्रदर्शनीमा राख्ने भएको हो ।

यी दुइ गाडीकै बुकिङ सुरु भइसकेको छ । कम्पनीले सोमबार दूबै मोडलका गाडीहरुको मूल्य पनि सार्वजनिक गरिसकेको छ ।

जिम्नी विश्वविख्यात अटोमोबाइल्स ब्राण्ड हो । ५० वर्ष अगाडीदेखि बजारमा रहेको जिम्नीको चौथौँ जेनेरेशन अहिले चर्चित छ । ‘अफरोड राइड’का लागि उपर्युक्त यो गाडीको ‘बडी स्टक्चर’ निकै बलियो छ । यसमा ‘फोर ह्वील’को छुट्टै गेयर सिस्टम रहेको छ ।

५ सिट क्षमताको जिम्नीको जेटा भरियन्टको सुरुवाती मूल्य ५९ हजार ९९ हजार रुपैयाँ छ । यसको टप भेरियन्ट जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, नाडा अटो शोमा सिजी मोटोकर्पले प्रदर्शनीमा राख्न लागेको अर्को गाडी हो फ्रन्क्स । यो प्रिमीयम डिजाइनमा उपलब्ध रहेको लक्जरी भेरियन्ट हो । यसमा २२.८६ सेन्टिमिटरको टच स्क्रिन छ । अटो एसी, हेड जब डिस्प्ले, वायर लेस चार्जर र १८० एमएमको ग्राउण्ड क्लियरेन्स जस्ता विशेषता यसमा छन् । 

५ सिटे यो गाडीको सिग्मा भेरियन्टको सुरुवाती मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ । फ्रन्क्स डेल्टाको ४१ लाख ९९ हजार रुपैयाँ र डेल्टा प्लसको ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नाडा अटो शोमा सिजी मोटोकर्पका यी दूबै ब्राण्ड मुख्य आकर्षण हुने दाबी कम्पनीले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved