नाडा अटो शोमा प्रमुख आकर्षण बन्दै ‘बीवाईडी डल्फिन’, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 09:43:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो शोमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘डल्फिन’ गाडी ‘लन्च’ गर्ने भएको छ । बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.ली.की प्रवन्ध निर्देशक यामुना श्रेष्ठले अटो शोमा डल्फिन गाडी लन्च गरिने जानकारी दिइन् ।

ह्याचव्याक सेग्मेन्टमा आउने बीवाईडी डल्फिनमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । यसमा भएको सानो ब्याट्रीले ४०० किलोमिटर र ठूलो ब्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने बताइन्छ । 

१८५ एम.एम.को ग्राउन्ड क्लियरेन्स भएकोको लम्बाई ४ हजार ७० एमएम, चौडाई १ हजार ७७० एमएम र उचाई १ हजार ५७० एमएम रहेको छ । 

डल्फिनमा फ्ल्याटवटम मल्टी फङ्सनल स्टेयरिङ ह्वील, १२.८ इन्चको फ्लोटिङ टच स्कृन, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, पछाडिको सिटमा बस्ने यात्रुका लागि आर्मरेष्ट जस्ता फिचर छन् ।

बीवाईडीले अटो शोमा बीवाईडी डल्फिनसहित हाल बिक्रि गरिरहेको एट्टो–३ ब्राण्ड राख्ने जनाएको छ । डल्फिन अटो शोकै प्रमुख आकर्षण हुने देखिएको छ ।

डल्फिन सन् २०२२ मा चीनमा सबैभन्दा धेरै बिक्री हुने अटो ब्राण्ड हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved