सिट्रोन इ–सि थ्रीको हस्तान्तरण शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 06:17:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले बहुप्रतिक्षित सिट्रोन इ–सि थ्रीको हस्तान्तरण शुरु गरेको छ । सिट्रोन इ–सि थ्री थापाथलीस्थित “ला मेजन सिट्रोन” शोरुममा उपलब्ध रहेको र बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुमहरुमा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार  सिट्रोन इ–सि थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ । सिट्रोन इ–सि थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ ।

कम्पनीले भनेको छ 'यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटीभ ब्रेकिब सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिब मोड रहेको छ । एआरएआइका अनुसार सिट्रोन इ–सि थ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर पर्दैन ।'

कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरि यसमा दिएको इलेक्ट्रीक मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved