नाडा अटो शोः कुन कम्पनीले कुन ब्राण्ड ल्याउँदैछ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 22, 2023 | 02:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अटो मोबाइल्स बजारको महोत्सव नै मानिने 'नाडा अटो शो'को तयारी अन्तिम चरणमा पुगेको छ । सबैजसो कम्पनीहरु सके नयाँ मोडल, नसके पूरानै भए पनि अटो शोमा प्रदर्शनीमा राख्ने ध्याउन्नमा छन् । कतिपयले भने 'अटो शो'कै लागि भनेर नयाँ मोडल पनि ‘लञ्च’को तयारी गरेका छन् । 

इलेक्ट्रिक र इन्धनबाट चल्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसहित लुब्रिकेन्ट्स र स्पेयर पार्टस्का स्टलहरु रहनेछन् । त्यसका साथै बैंक तथा बीमा कम्पनीका स्टल पनि रहनेछन् । नाडा अटो शोका संयोजक अनुप बरालका अनुसार स्टल बाँडफाँड पनि भइसकेको छ । कुल स्टलको संख्या ८० देखि ९० को बीचमा हुने उनले बताए ।

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा भदौ २६ देखि हुने नाडा अटो शोमा यसपाली कुन कम्पनीले कुन मोडल ल्याउँदैछन् भन्ने चासो सर्वत्र छ । अटो व्यवसायीहरु पनि पछिल्लो २ वर्ष सुस्ताएको अटो बजार यसपालीको अटो शोले चलायमान बनाउने अपेक्षासहित अभियानमा होमिएका छन् । अटो शो भदौ २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुँदैछ ।

बीवाईडीको डल्फिन

विद्युतीय गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स ईङ्कले ‘डल्फिन’ गाडी ‘लञ्च’ गर्ने भएको छ । बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स ईङ्क प्रालीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अटो शोमा डल्फिन गाडी लञ्च गरिने जानकारी दिइन् ।

ह्याचब्याक सेग्मेन्टमा आउने बीवाईडी डल्फिनमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । यसमा भएको सानो ब्याट्रीले ४०० किलोमिटर र ठूलो ब्याट्रीले ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने बताइन्छ । 


१८५ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोको लम्बाई ४ हजार ७० एमएम, चौडाई १ हजार ७७० एमएम र उचाई १ हजार ५७० एमएम रहेको छ । डल्फिनमा फ्ल्याटवटम मल्टी फङ्सनल स्टेयरिङ ह्वील, १२.८ इञ्चको फ्लोटिङ टच स्क्रिन, ५ इञ्चका फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, पछाडिको सिटमा बस्ने यात्रुका लागि आर्मरष्ट जस्ता फिचर छन् ।

बीवाईडीले अटो शोमा बीवाईडी डल्फिनसहित हाल बिक्री गरिरहेको एट्टो–३ ब्राण्ड राख्ने जनाएको छ । डल्फिन अटो शोकै प्रमुख आकर्षण हुने देखिएको छ । डल्फिन सन् २०२२ मा चीनमा सबैभन्दा धेरै बिक्री हुने अटो ब्राण्ड हो ।

अहिलेसम्मकै सस्तो ईभी ल्याउने तयारीमा सिप्रदी 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टियागो इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । सिप्रदीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेसन म्यानेजर रुपम श्रेष्ठका अनुसार कम्पनीले नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गर्ने भएको छ ।

टियागो ईभी भारतमा सर्वाधिक बिक्री भएको अटोमोबाइल्स ब्राण्ड हो । भारतमा बिक्री भएकोमध्ये २६ प्रतिशत गाडी महिलाहरुले किनेका छन् । कुल बिक्री भएकामध्ये २४ प्रतिशत पहिलो पटक गाडी खरिद गर्ने युवा पंक्ति छन् । कलेज पढ्ने र भर्खर काम गर्दै गरेका युवाहरुको रोजाईमा टियागो ईभी परेको टाटा मोटर्सले उल्लेख गरेको छ ।

५ सिट क्षमताको टियागो ईभी २ वटा मोटर पावर क्षमताको छ । नेपालमा नाडा अटो शो लक्षित गरेर कम्पनीले गाडी भित्र्याउने तयारी गरेको हो ।


भारतीय अटोमोबाइल्स निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो सबैभन्दा सस्तो विद्युतीय गाडीका रुपमा टियागो इभी ल्याएको हो । यसको मूल्य अहिले भारतीय बजारमा करिब ११ लाख ५० हजार भारु छ । 

यो कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट र क्रुज कन्ट्रोल जस्ता फिचर छन् । लेटेस्ट जिपट्रोन प्लेटफर्ममा तयार गरिएको यो कारको अगाडि २ वटा एयरब्याग दिइएको छ । रिभर्स क्यामेरा पनि राखिएको छ ।

टियागोसँगै सिप्रदीले हाल उल्लेख्य बिक्री गरिरहेको नेक्सन ईभी पनि प्रदर्शनीमा राख्ने जनाएको छ । कम्पनीले सकेसम्म टाटा पञ्चलाई पनि अटो शोमा भित्र्याउने तयारी गरिरहेको छ । पञ्चका २ मोडल नाडा अटो शोमा ल्याउने तयारीमा कम्पनी छ ।

कियाको इभी–६ र न्यु स्पोर्टेज

किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले इभी–६ र न्यु स्पोर्टेज ल्याउने तयारी गरेको छ । यीमध्ये न्यु स्पोर्टेज आउने पक्का भइसकेको छ भने  ईभी–६ ल्याउन कम्पनी प्रयासरत देखिएको छ ।

कियाको नयाँ इलेक्ट्रीक कार इभी–६ केही घन्टा भित्रै 'सोल्ड आउट'

इभी–६ लाई सकेसम्म अटो शोमै ल्याएर लञ्च गर्ने तयारीमा रहेको कम्पनीले यसको बुकिङ भने खुलाइसकेको छ । १ करोड २० लाखमा अहिले बुकिङ लिइरहेको छ । 

एमजी–४ र म्याक्सस मिफा–९ इभी

एमजी र म्याक्सस गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले अटो शोमा २ नयाँ मोडल प्रस्तुत गर्ने भएको छ । कम्पनीले एमजी ४ र म्याक्सस मिफा ९ इभी अटो शोमा राख्ने तयारी गरिरहेको छ । 

यस्तो छ नेपालमा बिक्री शुरु हुन लागेको इलेक्ट्रिक क्रसओभर एमजी–४ (मूल्य र  फिचर सहित) - Nepal Auto

एमजी ४ नेपाल भित्रिसकेको छ । म्याक्सस मिफा-९ इभी भने आउने प्रक्रियामा छ । कम्पनीले जेडएस इभी पनि अटो शोमा राख्ने छ । 

हुण्डाईको एसयुभी एक्सटर

हुन्डाई गाडी बिक्री गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले यसपालीको नाडा अटो शोमा माइक्रो एसयुभी एक्सटर ल्याउने तयारी गरेको छ । कम्पनीसँग हाल भएका आयोनिक–५ र कोना ईभीसहित नयाँ मोडल पनि प्रदर्शनीमा राख्ने तयारीमा कम्पनी देखिएको हो । 

हुन्डाईको नयाँ माइक्रो एसयुभी 'एक्सटर' मोडलको बाहिरी डिजाइन सार्वजनिक

आयोनिक–५ गत वर्षको नाडा ईभी एक्स्पोको ‘हट केक’ नै बनेको थियो । लक्जरियस आयोनिक–५ सन् २०२२ को सुरुवातबाट हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्याएको हो । यो हालसम्मकै लक्जरियस इलेक्ट्रिक गाडी हो । यसपालीको अटो शोमा पनि यो गाडी प्रदर्शनीमा रहने छ । यी गाडी हुँदाहुँदै पनि कम्पनीले माइक्रो एसयुभी एक्सटर यसपालीको अटो शोमा ल्याउने तयारी गरेको हो ।

सुजुकीको जिम्नी र फ्रन्क्स

मारुती सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले भदौ २६ गतेदेखि हुने नाडा अटो शोमा २ वटा ब्राण्ड प्रदर्शनमा राख्ने भएको छ । जिम्नी र फ्रन्क्स ब्राण्डका गाडी सिजी मोटोकर्पले नाडा अटो शोमा प्रदर्शनीमा राख्ने भएको हो ।

यी दुइ गाडीकै बुकिङ सुरु भइसकेको छ । कम्पनीले सोमबार दूबै मोडलका गाडीहरुको मूल्य पनि सार्वजनिक गरिसकेको छ ।

जिम्नी विश्वविख्यात अटोमोबाइल्स ब्राण्ड हो । ५० वर्ष अगाडीदेखि बजारमा रहेको जिम्नीको चौथौँ जेनेरेशन अहिले चर्चित छ । ‘अफरोड राइड’का लागि उपर्युक्त यो गाडीको ‘बडी स्टक्चर’ निकै बलियो छ । यसमा ‘फोर ह्वील’को छुट्टै गेयर सिस्टम रहेको छ ।

५ सिट क्षमताको जिम्नीको जेटा भरियन्टको सुरुवाती मूल्य ५९ हजार ९९ हजार रुपैयाँ छ । यसको टप भेरियन्ट जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।


त्यस्तै, नाडा अटो शोमा सिजी मोटोकर्पले प्रदर्शनीमा राख्न लागेको अर्को गाडी हो फ्रन्क्स । यो प्रिमीयम डिजाइनमा उपलब्ध रहेको लक्जरी भेरियन्ट हो । यसमा २२.८६ सेन्टिमिटरको टच स्क्रिन छ । अटो एसी, हेड जब डिस्प्ले, वायर लेस चार्जर र १८० एमएमको ग्राउण्ड क्लियरेन्स जस्ता विशेषता यसमा छन् । 

५ सिटे यो गाडीको सिग्मा भेरियन्टको सुरुवाती मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ । फ्रन्क्स डेल्टाको ४१ लाख ९९ हजार रुपैयाँ र डेल्टा प्लसको ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसका साथै अग्नी ग्रुपको महिन्द्रा, भीजी इम्पेक्सको ग्रेटवाल (ओरा जेरो ३ इभी ल्याउने तयारी), जीओ अटोमोबाइल्सको फोर्ड (एभरेष्ट ब्राण्ड ल्याउने तयारी), सांग्रिला मोटर्सको सिट्रोन (सीई ३ इभी) र वृद्धि अटोकर्पको सेरेस–३ ब्राण्ड पनि नाडा अटो शोमा आउने देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved