बहुप्रतिक्षित एमजी–४ ले पारामाउण्टलाई झन् सफल बनाउँछ: मार्केटिङ विभाग प्रमुख क्षेत्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 12:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पारामाउण्ट मोटर्स नेपाल इलेक्ट्रिक सवारी साधनको बजारमा परिचित नाम हो । एमजीका विभिन्न ब्राण्ड नेपाल भित्र्याएर उपभोक्तालाई सन्तुष्टि प्रदान गरिरहेको पारामाउण्टले नाफाको व्यवसाय मात्रै गरेको छैन, ग्राहकलाई सुविधा पनि प्रदान गरिरहेको छ । 

काठमाडौँ उपत्यकाका ४ ठाउँसहित बुटवल, नारायणघाट, मुलकोटलगायत देशका १९ ठाउँमा चार्जिङ स्टेशन बनाइसकेको पारामाउण्टले यो वर्ष २५ देखि ३५ वटा चार्जिङ स्टेशन थप गर्ने लक्ष्य राखेको छ । आगामी दिनमा बन्ने चार्जिङ स्टेशनबाट केवल एमजी वा पारामाउण्टले बिक्री गर्ने गाडी मात्रै चार्ज गर्न मिल्ने नभई सबै ब्राण्डका गाडीहरु चार्ज गर्न मिल्ने व्यवस्था गर्ने गरी विस्तारको लक्ष्यमा कम्पनी छ ।

सन् २०१८ बाट व्यवसाय सुरु गरेको पारामाउण्टले नेपाल भित्र्याएका एमजीका सबै गाडीका प्रयोगकर्ताहरु सन्तुष्ट हुनु र गाडीमा समस्या नदेखिनुले पनि पारामाउण्ट सफल छ भन्ने देखिएको कम्पनीका मार्केटिङ विभाग प्रमुख सन्दीप क्षेत्री बताउँछन् । कम्पनीले आफ्ना ग्राहकलाई हरेक महिना भएका अपडेटहरु उनीहरुलाई उपलब्ध गराउँछ । यो कम्पनीको फरक विशेषता हो ।

‘कहाँ चार्जिङ स्टेशन बन्यो, कहाँ सर्भिस सेन्टर थपियो जस्ता सबै खालका जानकारी हरेक महिना ग्राहकलाई दिन्छौँ’, उनले भने, ‘ग्राहकको म्यासेजमा यी जानकारी महिनैपिच्छे पठाउँछौँ । अब ग्राहकसँग अन्तरक्रिया कार्यक्रम पनि अघि बढाउने योजनामा छौँ ।’ बहुप्रतिक्षित एमजी–४ ले कम्पनीलाई थप सफलता प्रदान गर्ने उनको भनाई छ ।

बहुप्रतिक्षित एमजी–४ नेपाल भित्र्यायो

एमजी जेडएस ईभीसहित एमजी एचएस, एमजी जिएस, एमजी हेक्टर जस्ता चर्चित ब्राण्ड बिक्री गरिरहेको कम्पनीले बहुप्रतिक्षित एमजी–४ नेपाल भित्र्याएको छ । कालो, सेतो, खैरो र सिल्भर कलरमा आउने एमजी–४ लञ्च भने भइसकेको छैन । अहिले कम्पनीले ५ युनिट गाडी नेपाल भित्र्याएको छ ।

२ सेगमेन्टमा उपलब्ध हुने यो गाडी नाडा अटो शो भन्दा अगाडि नै लञ्च गर्ने तयारीमा कम्पनी छ । यो गाडी १२५ किलोवाट मोटर पावर र १५० किलोवाट मोटर पावर क्षमतामा उपलब्ध हुनेछ । पूरै इलेक्टिक एमजी–४ स्मार्ट ईभी कार हो । यसको बडी लुक्स ‘स्पोर्टस् स्टायल’को छ ।

नाडा अटो शो सुरु हुनुभन्दा पहिल्यै एमजी–४ लञ्च गर्ने लक्ष्यका साथ अहिले काम भइरहेको कम्पनीका मार्केटिङ विभाग प्रमुख क्षेत्री बताउँछन् । लञ्च गरेपछि मूल्य निर्धारण गरेर कम्पनीले बुकिङ खुलाउनेछ । यसलाई कम्पनीले ‘नेक्स्ट जेनेरेशन, नेक्स्ट लेभल’ भनेको छ । 

औपचारिक रुपमा सार्वजनिक गरिएपछि पारामाउण्टका ११ वटै डिलरमार्फत यसको बुकिङ लिइने कम्पनीले जनाएको छ । एमजी–४ ले कम्पनीको उचाई थप बढाउने र ग्राहकहरुको कम्पनीप्रतिको विश्वास अझ चुलिने दावी कम्पनीको छ । त्यस्तै, नाडा अटो शो केन्द्रित गरेर कम्पनीले म्याक्सस मिफा ९ ईभी पनि भित्र्याउने तयारी गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved