सुजुकीले सुरु गर्यो जिम्नीको डेलिभरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 02:18:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी जेननेक्स्टले अन्तराष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी “द अल्टिमेट अफ रोदर“ को डेलिभरी नेपाल अधिराज्यभरीका शोरुमहरुबाट सुरु गरेको छ।   

कम्पनीका अनुसार सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।  अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ । 

कम्पनीका अनुसार , “ ५–ढोके सुजुकी जिम्नीको  भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिंग पिरेड  पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनको लागि  सबैभन्दा उपयुक्त एसयूभी भएकोले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरेको कम्पनीले जनाएको छ। कम्पनीले भारतमा भन्दा कम वेटिंग पिरेडमा पहिलो ब्याच नेपालमा डेलिभर गरेका उल्लेख गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved