इकोविट इलेक्ट्रिक स्कुटरमा ११ हजार छुट, १ वर्षको कर पनि कम्पनीले नै बेहोर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2023 | 04:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा इकोविट स्कुटरको आधिकारिक विक्रेता ग्लोबल सेभेन प्रालिले  फेस्टिवल भाइब्स नामक अफर सार्वजनिक गरेको छ। ९ महिना अघि इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको यस कम्पनीले भदौ १५ देखि लागु हुने गरि नयाँ अफर सार्वजनिक गरेको हो ।

 भदौ मसान्त सम्मका लागि इकोविट फेस्टिवल भाइब्स स्किम लागु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इकोविट फेस्टिवल भाइब्स स्किम अन्तर्गत इकोविट ब्राण्डका हरेक मोडेलको नगद खरिदमा रु ११ हजार छुट हुने छ। साथै एक बर्षको कर समेत कम्पनीले नै तिरिदिने र हरेक स्कुटरको साथमा एउटा हेलमेट समेत निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ।  फाइनान्स र एक्स्चेन्जमा भने यो स्किम लागु नहुने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीका अनुसार ग्राहकले कुनै पनि इकोविटका स्कुटरहरु खरिद गर्दा न्युनतम ३० प्रतिशत डाउनपेमेन्टमा ७० प्रतिशत सम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । अधिकतम १८ महिनासम्मको सरल किस्तामा शुन्य प्रतिशत व्याजदर लागु हुनेछ । त्यस्तै ग्राहकसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साटेर लैजान सक्ने कम्पनीले उल्लेख गरेको छ। त्यसका लागि पुरानो साधनको उत्कृष्ट मुल्य दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हाल  निम्न ४ मोडेलका स्कुटरहरु बजारमा छन् । 

R3

३००० वाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध रहेको छ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,८०,००० राखिएको छ । जसलाई इकोविट फेस्टिवल भाइब्स स्किम अन्तर्गत छुट गर्दा रु. ३,६९,००० मा उपलब्ध हुनेछ । 

R3 Pro

४००० वाट क्षमताको गियर मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ५,३०,००० तथा सिंगल बेट्रीमा रु. ४,३०,००० मुल्य राखिएको छ । जसलाई इकोविट फेस्टिवल भाइब्स स्किम अन्तर्गत छुट गर्दा क्रमशः रु. ५,१९,००० र ४,१९,००० मा उपलब्ध हुनेछ ।

Vax

३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य रु. २,०१,००० राखिएको छ । जसलाई इकोविट फेस्टिवल भाइब्स स्किम अन्तर्गत छुट गर्दा रु. १,९०,००० मा उपलब्ध हुनेछ  

E-retro star

२००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट २६ एएचका लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,३४,००० र सिंगल बेट्रीमा रु. २,३५,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ३,२३,००० र २,२४,००० मा उपलब्ध हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved