केटिएमले ल्यायो बाइक एक्स्चेञ्ज मेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 07:06:38 PM मा प्रकाशित

laxmi  sunrise bank

यही सेप्टेम्बर ३ देखि ८ तारिखसम्म केटिएम एक्स्चेञ्ज क्याम्प हुने भएको छ । यो ईभेण्ट काठमाडौंको नक्साल शोरुममा हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस क्याम्पमा कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा बाईकलाई नयाँ बाईकसँग साट्ने सुविधा प्रदान गरिनेछ । यहाँ पुरानो बाईकको मूल्यांकन पाईराखेको भन्दा थप रु १५ हजार अतिरिक्त प्रदान गरिनेछ । यो विशेष आकर्षणको रुपमा रहने र बाईकको मोल बढ्ने कम्पनीले जनाएको छ । 

कम्पनीक अनुसार नयाँ बाईक किन्नेका लागि पनि जम्मा ५० प्रतिशत डाउनपेमेण्ट गरी केवल ९.९९  प्रतिशत मात्र ब्याज तिरी यो स्टाईलिश बाईकलाई आफ्नो बनाउन सकिने सुबिधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नगदमै बाईक किन्न चाहनेका लागि रु १० हजार छुट अनि फाईनान्स सुबिधा लिनेका लागि समेत रु ५ हजार छुटको व्यवस्था मिलाईएको कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved