स्कोडा कुशाकको 'मोन्टे कार्लो' एडिसन नेपालमा, यस्तो छ मूल्य र विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 07:13:56 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रा. लि. ले स्कोडा कुशाकको 'मोन्टे कार्लो' एडिसन नेपालमा ल्याएको छ । कम्पनीका अनुसार 'कुशाक मोन्टे कार्लो' आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने हर एकको छनोट बन्नेछ ।

यसले युरोपेली स्टाइललाई हरसम्भव तवरले झल्काएको कम्पनीले जनाएको छ । 'तपाईंले मोन्टे कार्लोमा स्पोर्ट र्यालीको विरासत बोकेको र रोमाञ्चक मोटरिङमा समर्पित युरोपेली ब्रान्डको अनुभव गर्न सक्नुहुनेछ,' एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने।

कम्पनीका अनुसार नयाँ कुशाक ‘मोन्टे कार्लो' मा 'युरापियन स्टाइल र अपग्रेडेड फिचर'हरु रहेका छन् । यसको क्याबिनलाई 'रेड फिनिस' दिइएको छ । नयाँ स्कोडा कुशाक 'मोन्टे कार्लो' दुई वटा आकर्षक कलर 'टोनार्डो रेड' र 'क्यान्डी ह्वाइट' मा उपलब्ध हुनेछ । यसमा सबै क्रोमको सट्टा 'ब्ल्याक फिनिस' राखिएको छ । साथै ग्रिल, 'ओआरभिएम' र अन्य भागलाई ‘स्पोर्टि’ देखाइएको छ । 'मोन्टे कार्लो' मा स्कोडाको प्रमाणित १० लिटरको पेट्रोल टिएसआई इन्जिन दिइएको छ जुन ६- स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ जसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ ।

नेपालमा कुशाक 'मोन्टे कार्लो' 'म्यानुअल ट्रान्समिसन को रु ७१,९०,००० /- र 'अटोमेटिक ट्रान्समिसन'को रु ७९,९०,००० /- राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ कारमा स्कोडा 'अक्टाभिया आरएस २४५' को जस्तो डिजाइन १७ इन्चको 'एलोई विल' दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा 'मोन्टे कार्लो को ब्याज लगाइएको छ । साथै रुफलाई 'म्याट ब्लायक रुफ रेल सहित 'कार्बन स्टिल' को 'फिनिस' दिइएको छ ।

स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलो पटक 'रेड थिम' सहितको ८ इन्चको 'डिजिटल इन्स्ट्युमेन्ट क्लस्टर' लगाएको छ । क्याविनको ‘लेआउट' मा परिवर्तन नगरे पनि 'स्पोर्टी भाइब्स' दिन 'रुबी रेड मोटालिक फिनिस' दिइएको छ । सिटको ‘अपहोल्स्ट्रिी’मा रातो र कालोको 'मिक्स' गरिएको छ भने 'हेड रेस्ट' मा 'मोन्टे कार्लो' को 'ब्याज' दिइएको छ । यसमा ‘रेड एम्वायन्ट लाइटिङ', 'रेड थिम' को १० इन्चको 'इन्फोटेन्मेन्ट डिस्प्ले', 'एलुमुनियम पेडल', ‘डोर सिल'मा ‘मोन्टे कार्लो स्कफ प्लेट' जस्ता परिवर्तित फिचर रहेका छन् । 'मोन्टे कार्लो' कुशाकको 'टप ट्रिम' भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved