७६ हजारले गरे नाडा अटो शो अवलोकन, २ हजार गाडी बुकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 06:30:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो शो–२०२३ आजबाट सकिएको छ । भदौ २६ गतेदेखी भृकुटीमण्डपमा सुरु भएको अटो शोमा ७६ हजार बढीले अवलोकन गरेको नाडाले जनाएको छ । 

नाडाका अध्यक्ष ध्रुब थापाले ७६ हजार १ सय जनाले नाडा अटो शो अवलोकन गरेको जानकारी दिए । उनका अनुसार अटो शो मा करिब २ हजार गाडी बुकिङ भएका छन् । इलेक्ट्रिक गाडीमा बढी आकर्षण देखिएको र इलेक्ट्रिक गाडी नै बढी बुकिङ भएको उनले जानकारी दिए । 

अध्यक्ष थापाले अटो शो हेर्न आएका र सवारी साधन बुकिङ गरेका सर्वसाधारणको उत्साहपूर्ण तथ्यांक हेर्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved