होन्डा एलिभेट नेपाली बजारमा, यस्तो छ ८ भेरियन्टको मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 12:21:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा होन्डाको एसयूभी एलिभेट सार्वजनिक भएको छ । होन्डाका लागि नेपालको आधिकारिक बिक्रेता ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङले एलिभेटलाई नेपाली बजारमा भित्र्याएको हो । 

विभिन्न ८ भेरियन्टमा उपलब्ध आकर्षक एलिभेटलाई मंगलबार एक समारोहकाबीच कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले एसभीएमटी, भीएमटी, भीएक्स एमटी, जेडएक्स एमटी, भीसीभीटी, भीएक्स सीभीटी, जेडएक्स सीभीटी र जेडएक्स सीभीटी (डीटी) गरि ८ भेरियन्टमा एलिभेट सार्वजनिक गरेको हो ।

कम्पनीले होन्डा एलिभेट एसभीएमटीको शुरुवाती मुल्य ५६ लाख ३५ हजार रुपैयाँ तोकेको छ । सोही मोडलको हाई भेरियन्ट जेडएक्स सीभीटी ९डीटी० को मूल्य ७९ लाख ४४ हजार रुपैयाँ तय गरिएको कम्पनीले जनाएको छ ।

यस्तै एलिभेट भीएमटीको मूल्य ६० लाख ३५ हजार, भीएक्स एमटीको मूल्य ६६ लाख ९५ हजार, जेडएक्स एमटीको मूल्य ७३ लाख ४४ हजार, भीसीभीटीको मूल्य ६५ लाख ७० हजार, भीएक्स सीभीटीको मूल्य ७१ लाख ९५ हजार र  जेडएक्स सीभीटीको मूल्य ७८ लाख ७० हजार रुपैयाँ कायम गरिएको कम्पनीले उल्लेख गरेको छ ।

होन्डा नेपालले पहिलो १० ग्राहकमा लागि नगद छुट र थप ७५ हजार रुपैयाँ छुट साथै निशुल्क सेवासहितको अफर ल्याएको छ । होन्डा एपलभेट १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

हेन्डा एलिभेट मनमोहक डिजाइन र उन्नत प्रविधिको मिश्रणको साथ ड्राइभिङ्ग अन्भवलाई पुन परिभाषित गर्ने कम्पनीको दाबी छ । यसमा विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पहरुद्धारा हाइलाइट गरिएको डिजाइन छ । जसले गर्दा सडकमा अन्यभन्दा फरक देखिनेृ कम्पनीको भनाई छ । 

हेन्डा एलिभेटको अल्फा बोल्ड सिग्नेचर ग्रिल र बेस्ट इन क्लास २२० एमएम ग्राउन्ड क्लियरेन्सको नेपालको भुभाग सुहाउँदो रहेको कम्पनीको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved