एम्पीयर इलेक्ट्रिक स्कुटरहरूको बुकिङ खुला, यस्तो छ विशेषता र मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 12:19:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सन १८५९ मा स्थापित ग्रीभ्स कपास एण्ड कम्पनीको छाता अन्तर्गत रहेको एम्पीयरले नेपाली बजारमा विद्युतीय स्कुटरहरुको बुकिङ्ग खुला गरेको छ । छोटो समयमा नै भारतीय बजारमा एक लाखभन्दा बढी फलोअर्स कमाएको कम्पनीले नेपाली बजारमा पनि आफ्नो उपस्थिति जनाएको हो ।

केडिया इन्टरनेशनल प्रालिले नेपालमा एम्पीयर ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटर भित्र्याएको भित्रएको हो । एम्पीयरको स्कुटर आकर्षक डिजाइन, उल्लेखनीय दायरा, उत्कृष्ट सुविधाहरु र किफायती मूल्यका साथमा आएको कम्पनीले जनाएको छ ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले नेपाली दर्शकहरूका लागि दुई असाधारण इलेक्ट्रिक स्कुटर मोडलहरू एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस ईएक्स बजारमा ल्याएको हो । नेपालमा विद्युतीय सवारीको गतिशीलताको भविष्यको अनुभव गर्न उत्साही र पर्यावरण सचेत उपभोक्ताहरूलाई निमन्त्रणा गर्दै एम्पीयरको बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ । 

अत्याधुनिक प्रविधि र भविष्यका विशेषताहरूका साथ डिजाइन गरिएको एम्पीयर प्राइमस, ट्रेलब्लेजिङ इलेक्ट्रिक स्कूटरले ४ किलोवाटको शक्तिशाली पीक पावर र १५७ एनएमको अधिकतम टर्क दिने कम्पनीको दाबी छ । स्कुटरमा ३ किलोवाट एलएफपी ब्याट्री जटान गरिएको छ । जसले एक पटकको फूल चार्जमा १०७ किलोमिटरको रेन्ज दिने र ७७ कि.मीर घण्टाको उच्च गति र ४.२ सेकेन्डमा लाइटनिङ-क्विक ०-४० किमी प्रति घण्टाकोे एक्सेलेरेशन प्रदान गर्ने कम्पनीको भनाई छ ।

नेपाली बजारमा एम्पीयर प्राइमसको मूल्य ३ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । 

यस्तै २.३ किलोवाट क्यान सक्षम लिथियम आयन ब्याट्री प्रयोग गरिएको १.८ किलोवाट पीक पावर र ८६ एनएमको टक्र्यू उत्सर्जन गर्न सक्ने एम्पीयर म्यान्ग्रस ईएक्सको मूल्य २ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा नै उपलब्ध गराइएको कम्पनीले बताएको छ । यो स्कुटर ५ घण्टामा फुल चार्ज हुने र ५५ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने कम्पनीको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved