टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गर्दै जि.डब्लु.एम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 08:54:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले गि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ गर्ने भएको छ  ।जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ सम्म आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो क्याम्प जि.डब्लु.एमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म आयोजना हुनेछ, जसबाट कार उत्साहीहरुले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्नेछन् ।

कम्पनीले भनेको छ 'यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्दछ । चाहे सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्नेछ  ।'

ग्राहकहरूले यस क्याम्प मार्फत प्रभावशाली जि.डब्लु.एम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआई  टिभी जित्ने अवसरहरूका साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू,  आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र  ओरा ०३ सँग फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved