नाडामा सर्वसम्मतको अन्तिम प्रयास, आज राती अध्यक्षको नाम ‘फाइनल’ हुने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2023 | 05:51:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्ष चयन गर्न सहमतिको अन्तिम र निर्णायक छलफल सुरु भएको छ । यदि आज सहमति नभए भोलीबाट चुनावी रस्साकस्सीसहित उम्मेदवारहरु मैदानमा होमिनेछन् । 

अहिले अध्यक्षका प्रत्यासी आकाश गोल्छा र करण चौधरी दूबैलाई राखेर अध्यक्ष ध्रुब थापा र पूर्व अध्यक्षहरु छलफल गरिरहेका छन् । छलफलमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रकाश कपुरी पनि सहभागी छन् । 

अध्यक्ष थापाका अनुसार अध्यक्षका प्रत्यासीहरु र नाडाका सदस्यहरु सहमतिमा नै नेतृत्व चयन गर्ने पक्षमा रहेकाले अहिले भइरहेको छलफलबाट सर्वसम्मत अध्यक्ष टुंगो लगाउने सम्भावना बढी छ । छलफलमा सहभागी रहेका नाडाका महासचिव सुरेन्द्र उप्रेतीले पनि आज निर्णायक छलफल सुरु भएको बताएका छन् । आज रातीसम्म अध्यक्षको नाम टुंगो लाग्ने उनको भनाइ छ । 

अध्यक्षका प्रत्यासी प्रकाश कपुरीले पनि आज अन्तिम प्रयास भएकाले आज टुंगो नलागे भोलीबाट सबै उम्मेदवारहरु भोट माग्न हिड्ने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved