रोयल इन्फिल्डको ३ नयाँ भेरियन्टका मोटरसाइकल सार्वजानिक, कति पर्छ मुल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 04:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

रोयल इन्फिल्ड मिटिओर ३५० सीसी का तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा लि नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख  अभिषेक सुक्लाले Meteor Fireball, Meteor Stellar र Meteor Supernova मोटरसाइकल सार्वजानिक गरे । 

Meteor मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको कम्पनीले जनाएको छ । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, , Electronic Fuel Injection (EFI)  रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०।२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्र्नेभने  डुअल डिस्कब्रेक दिएको कम्पनीको दाबी छ ।

त्यस्तै कम्पनीका अनुसार यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ भने प्रति लिटर औषत ४० किमि माइलेज दिने छ  िइजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० mm व्हीलबेस, ७६५ mm सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडी ( चौडा टुबलेस टायर्र (१००/९० – १९’’ – ५७ p ), पछाडी ( चौडा टुबलेस टायर्र (१४०/७० – १७’’ – ६६p)  जस्ता फिचरहरू पाउन सकिन्छ ।

Meteor Fireball ३५०cc– पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्, त्यस्तै Meteor Stellar ३५०c – कालो, निलो र रातो रंगमा उपलब्ध छन् र Meteor Supernova ३५०cc – खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् ।

कम्पनीलेMeteor Fireball ३५०cc  को मूल्य ५ लाख ५० हजार रुपैयाँ,Meteor Stellar ३५०cc  को मूल्य ५ लाख ५५ हजार रुपैयाँ र ःMeteor Supernova३५०cc  को मूल्य ५ लाख ६५ हजार रुपैयाँ तोकिएको छ  ।

 सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीले जनाएको छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved