लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 08:56:04 PM मा प्रकाशित

laxmi  sunrise bank

यस अफर अन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्नेले नगद खरिद गर्दा रु. २५ हजारसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । लुयानको एमएनके३ र एस३० मा रु. १५ हजार र एस७०प्रो मा रु. २५ हजार नगद छुटको व्यवस्था रहेको जनाइएको छ । 

साथै एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेनकोट पनि उपहार स्वरुप प्रदान गर्ने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकले पाउने छन् ।

यो अफर यहि चैत्र २६ गते देखि आगामी २०८१ बैशाख ३१ गते सम्म लागु हुने कम्पनीका सेल्स हेड शंकर शर्माले एक विज्ञप्ति जारी गर्दै बताए ।

कम्पनीले पुराना मोटरसाइकल तथा स्कुटरसँग साटेर नयाँ लुयानका स्कुटर लैजाने सुविधा पनि कायम नै राखिएको जनाएको छ । साथै नगद नहुने ग्राहकहरुको लागि फाइनान्सको समेत सुविधा उपलब्ध रहेको जनाएको छ ।

यो स्किम कम्पनीकोे मुख्य शोरुम नागपोखरीमार्ग, काठमाण्डौं लगायत मुलुकका अन्य शोरुम तथा डिलरहरुबाट समेत पाउन सकिने जनाइएको छ ।

लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ । 

यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन । 

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फंक्सनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved