गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजिराको दैनिक उडान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 05:20:54 PM मा प्रकाशित

laxmi  sunrise bank

जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सुरू गरेको छ । जजिराले आजबाट भैरहवा–कुवेत दैनिक उडान सुरू गरेको हो ।

यसअघि जजिराको एयरबस ३२० ले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन दिन मात्रै उडान गर्दै आएको थियो । अब आजबाट भने एयरवेजले हप्तामा ७ दिन नै उडान गर्ने भएको हो ।

चाडपर्व नजिकिएसँगै यात्रुको संख्या बढ्ने देखेर जजिराले उडान संख्या थपेको हो । 

जजिराले जेठ २ गतेदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved