बिहान साढे ५ बजे नै पर्यटनमन्त्री एयरपोर्ट पुगेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 10:07:24 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । यो उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गरेको तेस्रो अनुगमन हो । 

बिहानै ५ः३० बजेको सयमा विमानस्थल पुगेका मन्त्री किरातीले यसअघि आफूले अनुगमनका क्रममा दिएको निर्देशन अनुसार काम भएको वा नभएको र त्यसअनुसार के केति सुधार भयो वा भएन भनेर अनुगमन गरेका हुन् । 

यसअघि आउँदा र आज आउँदा तुलनात्मक रुपमा केही सुधार देखिएको र यसले खुशी मिलेको मन्त्री किरातीको भनाई छ । 

‘यो नै पूर्ण सुधार होइन, तर, क्रमिक सुधार भएको छ, यसबाट म आंशिक सन्तुष्ट छु’ मन्त्री किरातीले भने, ‘२४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई म विशेष धन्यवाद भन्न चाहन्छु ।’

यात्रुहरुको गुनासोका लागि क्युआर कोड सञ्चालनमा ल्याइनु र शौचालयमा म्युजिक जडान गरिनु केही सुधारका संकेत भएको उनको दाबी छ ।  अहिले हरेक ३०/३० मिनेट (आधा आधा घण्टा)मा शौचालय अनुगमनको व्यवस्था पनि एयरपोर्टमा गरिएको छ । मन्त्रीको यसअघिको निर्देशनकै आधारमा यो प्रवन्ध मिलाइएको बताइन्छ । 

मन्त्री किरातीले ५ सय वटा ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावसमेत तयार गर्न निर्देशन दिएर फर्किएका छन् । 

त्यस्तै, १५ सय वटा चक्का लगायतका पार्टस् खरिदका लागि बोलपत्र आह्वान पनि गरिएको छ । यसअघि बिग्रिएका ट्रलीहरु असरल्ल छरिएकोमा अहिले त्यस्ता ट्रलीको चक्का मर्मत गरेर सञ्चालन गरिएको पाइएको मन्त्री किरातीले बताए । 

विमानस्थल अनुगमनबाट फर्किने क्रममा मन्त्री किरातीले सुरक्षा जाँचका लागि स्क्यानरको प्रवन्ध गर्न विमानस्थल व्यवस्थापनलाई भनेका छन् । 

मन्त्रीसँगै, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि विमानस्थल पुगेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved