व्यवसायी दिपेन्द्र गुरूङको ‘हिमालय जेट एयरलाइन्स’ले बेलायतबाट नेपालमा उडान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 12:41:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले अन्तराष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ स्थापना गरेका छन् । हिमालय जेटमार्फत उनले एसिया र अमेरिकाका देशमा उडान गर्ने तयारी सुरु गरेका छन् । 

गुरूङले हाल पहिलो चरणमा नेपाल र भारतका गन्तव्यमा सिँधा उडान गर्ने तयारी अघि बढाएका छन् । गुरुङले हिमालय जेटमार्फत बेलायतबाट नेपाल, भारत, अमेरिका,अस्ट्रेलिया लगायतका गन्तव्यमा लामो दुरीको ‘प्रिमियम’ उडान गर्ने तयारी अगाडि बढाएको भुपेन्द्र गुरुङले जानकारी दिए ।

गुरुङ परिवारका सञ्चार सम्पर्क निर्देशक क्रिष्टिना पेट्रकिसका अनुसार आगामी सेप्टेम्बरबाट व्यापारिक उडान सञ्चालन गर्ने तयारी छ । उनका अनुसार गुरुङले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको पनि भ्रमण गरेका छन् ।

गत अप्रिल २६ मा बोइङ कम्पनी भ्रमण गरेको गुरुङका लागि बोइङले ‘डिनर’समेत आयोजना गरेको थियो। 

हिमालय जेटले काठमाडौं, नयाँदिल्ली र मुम्बईलाई युरोपका लन्डन र पेरिसमा सिधा प्रिमियम उडानमार्फत जोड्ने योजना बनाएको छ।

हिमालय जेटले काठमाडौंबाट युरोप जाँदा बीचमा लामो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ । 

हिमालय जेटले नेपालका हिमाली क्षेत्र घुम्न चाहने युरोपेली पर्यटकलाई सिधा उडानमार्फत नेपाल ल्याउन मद्दत गर्ने विश्वास लिइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved