बिजपाटी समाचार प्रभावः एयरपोर्टमा चरा धपाउने मेशिन जडानका लागि क्यानले छुट्यायो बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 09:30:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चरा धपाउने मेशिन जडानका लागि बजेट छुट्याएको छ । क्यानले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडानलाई प्राथमिकतामा राखेको जनाएको हो ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार चरा धपाउने उपकरण खरिद र जडानका लागि बजेट विनियोजन गरिएको बताए । तर, कति बजेट छुट्याइएको छ भन्ने कुरा बजेट पुस्तिकमार्फत नै सार्वजनिक गरिने जनाइएको छ ।

अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शिकारी राखेर गुलेलीमार्फत चरा धपाउने गरिएको छ । आधुनिक यन्त्र र उपकरणहरु जडान नगरी अन्तराष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा गुलेलीमार्फत चरा धपाउने काम हुने गरेकोमा नागरिक स्तरबाट आलोचना भइरहेको छ ।

यस अघि बिजपाटी डटकमले भदौ १५ गते चराको कारण नेपालका जहाज कम्पनीले करोडौं गुमाउँने गरेको र यसको समस्या समाधानको लागि सरकरको पुरानो सोच बाधक बनेको समाचार प्रकाशन गरेको थियो । सो समाचार प्रकाशन भएपछि क्यानले चरा धपाउने मेशिन जडानका लागि बजेट छुट्याएको हो।

यस अघि : चराको कारण करोडौं गुमाउँछन् नेपालका जहाज कम्पनी, बाधक बन्यो सरकारको पुरानो सोच

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved