उड्डयन प्राधिकरणको बजेट ३६ अर्ब, यस्ता छन् कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 10:07:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड बजेट पास गरेको छ । सञ्चालक समितिबाट चालू आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब ६६ करोड बजेट पास भएको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए ।

क्यानको बजेट गत वर्षको तुलनामा ५ अर्ब १९ करोडले घटेको हो । गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएकाले यी आयोजनाका लागि बजेट छुट्याउनु नपर्दा चालु आर्थिक वर्षमा क्यानको बजेट घटेको प्रवक्ता निरौला बताउँछन् । 

चालु आर्थिक वर्षमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित ३ अन्तराष्ट्रिय विमानस्थल र देशभरका अरु आन्तरिक विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । प्राधिकरणको कुल बजेटमध्ये चालू खर्चतर्फ ७ अर्ब, पुँजीगततर्फ १९ अर्ब र वित्तीय व्यवस्थातर्फ १० अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

चालु वर्षको बजेटमा क्यानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गर्न बजेट छुट्याएको छ । बिजपाटी डटकमले अन्तराष्ट्रिय विमानस्थलमा अहिलेको आधुनिक समयमा पनि गुलेलीमार्फत चरा धपाउने काम हुँदै आएको छ भन्दै केही दिन अगाडी मात्रै समाचार प्रकाशित गरेको थियो । क्यानले बजेटमार्फत यस वर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चरा धपाउने आधुनिक उपकरण जडानको कामलाई प्राथमिकतामा राखेको हो ।

त्यस्तै, क्यानले चालु आर्थिक वर्ष आन्तरिक उडान हुने नेपालगञ्ज, विराटनगर, भरतपुर र भोजपुर विमानस्थलमा निर्माण सुरु भएका आधुनिक एवम् सुविधा सम्पन्न टर्मिनल भवनको कामलाई तीव्रता दिने लक्ष्य राखेको छ ।

अन्य आन्तरिक विमानस्थलको विस्तार तथा स्तरोन्नति पनि प्राथमिकतामा रहेको क्यानले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved