नेपाल एयरलाइन्स सुधार गर्न पूर्वगभर्नरले दिएको सुझाव कार्यान्वयन गर्न अर्को समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 05:08:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको संरचनागत सुधारका लागि पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा गठित समितिले दिएका सुझाव कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले समिति बनाएको छ । नेपाल एयरलाइन्सको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयले निगमका पूर्वमहाप्रबन्धक कुलबहादुर लिम्बूको संयोजकत्वमा समिति गठन गरेको हो । 

यसअघि गत चैत २६ गते पूर्वगभर्नर क्षेत्रीको संयोजकत्वमा नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापनीय अध्ययन तथा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले असोज १६ गते अध्ययन प्रतिवेदन बुझाउँदै नेपाल एयरलाइन्सको नाममा होटलमा भएको सेयर बेचेर नयाँ जहाज किन्न र कम्पनी मोडलमा चलाएर सर्वसाधारणमासमेत सेयर जारी गर्न सुझाव दिएको छ । 

उक्त सिफारिस कार्यान्वयन गर्न गठित समितिमा सञ्चारकर्मी टिकाराम राई, नेपाल एयरलाइन्सको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सहसचिव र निगमको प्रशासन महाशाखा प्रमुख सदस्य रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved