नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्यान्डलिङ सेवा खोसियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 02:53:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवा खोसेको छ । नेपाली आकाश युरोपेली युनियनको कालोसूचीमा पर्नुमा नेपाल एयरलाइन्स नै प्रमुख कारण रहेको भन्ने आशयको प्रतिवेदन आएपछि क्यानले नेपाल एयरलाइन्सका अध्यक्षलाई स्पष्टिकरण सोध्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवा पनि खोसेको हो ।

प्राधिकरणले अब विमानस्थल सेवा शुल्क २०७८ नियम ५ (२) अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवाका लागि प्रतिस्पर्धामार्फत कम्पनी छनोट गर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवाबापत निगमले ठूलो आम्दानी गर्दै आएको थियो । अब निगमको यो आम्दानी गुम्ने देखिएको हो ।

युरोपेली युनियनको प्राविधिक टोलीले भदौ अन्तिममा नेपालको हवाइ अडिट गरेको थियो । टोलीले त्यतिबेला निगमको स्थलगत अध्ययन गरेको थियो । बिहिबार उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ईयूले निगमको सेफ्टी म्यानेजमेन्ट सिस्टममा लापरबाही रहेको निष्कर्ष निकालेको थियो ।

ईयूको यस प्रतिवेदन लगत्तै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवा खोसेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved