कर्मचारीले नेपाल एयरलाइन्सका अध्यक्षलाई कार्यालय छिर्न दिएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 03:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले नेपाल एयरलाइन्स डुबाउन खोजेको भन्दै अध्यक्ष अधिकारीलाई कार्यालय प्रवेशमै निषेध गरेका छन् ।

निगमको प्रमुख आम्दानीको स्रोतको रूपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह््याण्डलिङको काम जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको आरोप लगाउँदै कर्मचारीले अध्यक्ष अधिकारीलाई प्रवेशमै रोक लगाएका छन् । 

नेपाल उडड्यन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङको काम अब खुल्ला प्रतिस्पर्धामार्फत दिने निर्णय गरेपछि निगमले एकलौटी रुपमा गर्दै आएको ग्राउन्ड ह्यान्डलिङको काम खोसिएको थियो । 

अधिकारीलाई बर्खास्ती गर्नुपर्नाको ९ वटा कारण देखाएर आफूहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved