नेपाल एयरलाइन्सले भन्यो, ‘नेपाल कालोसूचीमा पर्नुमा हाम्रो दोष छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 05:50:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले आफ्नो कारणले नेपाललाई युरोपेली संघ (इयू)ले कालोसूचीबाट नहटाएको भन्ने हल्ला सत्य नभएको दाबी गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल वायुसेवा निगमले आफ्नो कमजोरीका कारण इयूले नेपाललाई कालोसूचीबाट नहटाएको भन्ने समाचारमा सत्यता नरहेको दाबी गरेको हो ।

नेपाल एयरलाइन्सले २९ नोभेम्बर २०२३ मा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई सम्बोधन गरी बेल्जियमका लागि नेपाली राजदूत बोधार्थ दिई पठाएको पत्रमा प्राधिकरणले नै अन्तराष्ट्रिय मापदण्ड अनुसारका न्यूनतम सुरक्षा लागू गर्न नसकेको उल्लेख रहेको जिकिर गरेको छ । इयूले प्राधिकरणले नेपालमा न्यूनतम अन्तराष्ट्रिय सुरक्षाका मापदण्डहरु लागू गर्ने जिम्मेवारी पूरा गर्नेमा विश्वस्त हुन नसकिएको भनेर स्पष्टसँग उल्लेख गर्दागर्दै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई इयूले सेफ्टी लिस्टबाट नहटाएको भनि भ्रमपूर्ण प्रचारवाजी भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सले ७ बुँदाको विज्ञप्तिमार्फत यस सम्बन्धमा थप प्रष्टिकरण पनि दिएको छ ।

हेर्नुस एयरलायन्सको प्रष्टिकरण :








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved