भैरहवाबाट उड्ने एयरलाइन्सलाई हरेक उडानको ५ लाख दिन्छौँः मन्त्री किराँती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 05:56:02 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई हरेक उडानको ५ लाख रुपैयाँ दिने तयारी थालिएको बताएका छन् । नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री किराँतीले गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले हरेक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने कार्यक्रम ल्याउन लागेको बताएका हुन् । 

मन्त्री किराँतीले भने, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहन स्वरूप पाँच लाख रुपैयाँ प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।’

उनले नेपाल एयरलाइन्सलाई भैरहवामा उडानका लागि पठाउन मन्त्रालय तयार रहेको पनि बताए । नेपाल एयरलाइन्ससँग जहाज कम भएपनि भैरहवा र पोखराबाट उडान नगरि नहुने अवस्था रहेकाले नेपाल एयरलाइन्सलाई पठाउन मन्त्रालय तयार रहेको बताएका हुन् । 

मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीको टोलीले भैरहवा विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान सुरु गर्ने वातावरण मिलाउन माग गरेको छ । नाट्टा लुम्बिनीका निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्सले नै अन्तराष्ट्रिय उडान सुरु गर्नुपर्ने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved