ग्राउण्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट दिने प्रक्रिया सुरु, क्यानले बनायो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 07:00:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवा दिने कम्पनी अब प्रतिस्पर्धामार्फत छनोट गर्ने भएको छ । नेपाल वायु सेवा निगमबाट यो काम खोसेर प्रतिस्पर्धामार्फत कम्पनी छनोट गर्ने निर्णय गरेको क्यानले यसका लागि आवश्यक प्रक्रियागत तयारीका लागि समित बनाएको छ । 

बोलपत्र आह्वान गर्दा आवश्यक पर्ने कागजात तयार पार्ने सहितका जिम्मेवारीसहित क्यानले इलेक्ट्रोमेकानिल विभागका निर्देशक सुनील कुशवाहाको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आज समिति गठन गरिएको हो । यो समितिले अब प्रक्रियागत काम गर्नेछ । 

यसअघि नेपाल एयरलाइन्सले विना प्रतिस्पर्धा ग्राउण्ड ह्यान्डलिङ सेवा पाइरहेको थियो । यसबाट निगमले ठूलो आम्दानी गर्दै आएको थियो । तर, क्यानले भने नेपाल एयरलाइन्सकै कारण नेपालको हवाइ उड्ययन क्षेत्र युरोपेली संघ (इयू)को कालोसूचीमा यथावत रहेको भन्दै उसले पाउँदै आएको ग्राउण्ड ह्यान्डलिङ सेवा खोसेको थियो । 

साथै, इयूले नेपाल एयरलाइन्सकै कमजोरी देखाएर नेपाललाई कालोसूचीबाट हटाउन अस्वीकार गरेको भन्दै क्यानले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त किन नगर्ने भनेर स्पष्टिकरण समेत सोधेको छ । अधिकारी नेकपा एसका नेता झलनाथ खनालको जोडबलमा नेपाल एयरलाइन्सको अध्यक्षमा नियुक्त भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved