नलिन्चोकमा तयार भयो हेलिपोर्ट, २७ वटा हेलिकप्टर अट्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 04:20:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण सम्पन्न गरेको छ । ११ करोड ९० लाख रुपैयाँ लागतमा प्राधिकरणले हेलिपोर्ट निर्माण सम्पन्न गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तारको काम भइरहेकाले यहाँ हेलिकप्टर राख्दा साँघुरो हुने र दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यहाँबाट हेलिकप्टरलाई हटाउने लक्ष्यका साथ नलिन्चोकमा हेलिपोर्ट निर्माण गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त हेलिपोर्टमा परिक्षण उडान गरिएको छ । हेलिपोर्टमा माउन्टेन एयरको एएस–३५० हेलिकप्टरमार्फत डेमो उडान गरिएको हो । 

प्रवक्ता निरौलाका अनुसार अब चाँडै सबै हेलिकप्टरलाई नलिन्चोकमा पठाइनेछ । नलिन्चोकमा बनेको हेलिपोर्टमा एकैपटकमा २७ वटा हेलिकप्टर राख्न सकिने क्षमता छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved