गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्न व्यवसायीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 09:24:53 AM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवा र पोखराका पर्यटन व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमनस्थलमा नियमित अन्तराष्ट्रिय उडानको माग गरेका छन् । नेपाल पर्यटन बोर्ड र होटल संघ पोखराले संयुक्त रूपमा सञ्चालन गरिरहेको ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा व्यवसायीहरुले यी दुइ अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल नियमित हवाई उडान गर्न माग गरेका हुन् । 

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अर्बौ लगानीमा बनेका दुइ वटा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको भन्दै सरकारले तत्काल यी दूबै विमानस्थलबाट अन्तराष्ट्रिय उडानको वातावरण बनाउनुपर्ने बताएका छन् । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्नुपर्ने आफूहरुको माग सुनुवाई नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी नै दिए । 

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटन भएको १८ महिना बितिसक्दा पनि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अपेक्षा अनुसार सञ्चालन नहुनु दुर्भाग्य भएको बताए । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रसहित अन्य वक्ताहरुले पोखरा र लुम्बिनीबीचको पर्यटकीय साझेदारी आवश्यक रहेको भन्दै दूबै विमानस्थलको नियमित सञ्चालनमा जोड दिएका थिए ।

उक्त अवसरमा होटल संघ पोखराले गण्डकी प्रदेश घुमघामका लागि ‘प्याकेज’ सार्वजनिक गरेको थियो । संघले ५ प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज छन्। होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका ३ हजारदेखि २६ हजार सम्मका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved