निगमबाट ग्राउण्ड ह्याण्डलिङ नखोस्ने मन्त्रीको प्रतिवद्धता, आन्दोलन रोक्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 05:20:09 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा नेपाल एयरलाइन्सबाट नखोस्ने प्रतिवद्धता जनाएका छन् । आज निगमका कर्मचारीलाई आन्दोलन रोक्न निर्देशन दिँदै उनले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा यथावत राख्ने प्रतिद्धता जनाएका हुन् । 

निगमका क्रियाशील ट्रेड युनियनहरुलाई पत्र पठाउँदै आन्दोलन रोक्न निर्देशन दिइएको मन्त्री किराँतीका निजी सचिवालयका शाखा अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए । 

निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मंसिर १५ गते नेपाल एयरलाइन्सबाट त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने गरी निर्णय गर्दै प्रतिस्पर्धामार्फत कम्पनी छनोट गर्ने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved