फेरि नेपाल आउने तयारीमा एयर एसिया, किस्ता किस्तामा बुझाउन थाल्यो बक्यौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 10:34:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाललाई रोयल्टी र विभिन्न शुल्कबापत २७ करोड बक्यौता नबुझाई फरार भएको एयर एसियाले नेपालमा पुनः उडान गर्ने प्रक्रिया अघि बढाएको छ । मलेसियाको उक्त वायुसेवा प्रदायक कम्पनीले बक्यौताबापत बाँकी रकममध्ये २ करोड ३० लाख रुपैयाँ बुझाइसकेको छ ।

एयर एसियाले नेपालस्थित आफ्नो जनरल सेल्स एजेन्ट (जीएसए) मार्फत नेपाल पुनः उडान गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोधपूछ सुरु गरेको छ । यसै शिलशिलामा कम्पनीले बक्यौता पनि बुझाउन थालेको हो । 

एयर एसियाले नेपाल छोडन् अघि बुझाउनुपर्ने २७ करोड बक्यौतामध्ये २०२४ फेब्रुअरी २८ मा १ करोड १५ लाख र मार्च २८ मा १ करोड १५ लाख गरि कुल २ करोड ३० लाख रकम नागरिक उड्डययन प्राधिकरणलाई बुझाएको हो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अहिले पूरानो बक्यौता तिर्न थालेको एयर एसियाले नियमित उडानका लागि औपचारिक अनुमति भने माग गरिसकेको छैन । तर, बक्यौता बझाउन आएकाले कम्पनीले पुनः उडान गर्न चाहेको बुझिएको उनको भनाइ छ । 

यता, प्राधिकरणले पनि हरेक अंग्रेजी महिनाको २८ तारिखमा बक्यौता बापतको रकम दाखिला गर्दै जाने गरि एयर एसियाले तालिका नै बनाएर बुझाएको छ ।

‘हरेक अंग्रेजी महिनाको २८ तारिखमा प्राधिकरणको खातामा बाँकी बक्यौता बुझाउने गरि तालिका लिएको छ, उसले तिर्न बाँकी शुल्कमा जरिवानासमेत जोड्दा २७ करोड ६० लाख जति बुझाउन बाँकी देखिन्छ’ प्रधिकरण स्रोत भन्छ, ‘उसले कुल २४ वटा किस्ता बुझाउनुपर्नेछ , अहिलेसम्म २ वटा किस्ता बुझाएको छ ।’

एयर एसियाको नेपालस्थित जीएसएका रुपमा अहिले युनिर्भसल टुर्स एन्ड ट्राभल्सले काम गरिरहेको बताइन्छ । यसअघि एयर एसियाको जीएसए इन्सेन्टिभ ट्राभल रहेको थियो । एयरलाइन्सको तर्फबाट कम्पनीले ल्याण्डिङ, पार्किङ, एयर नेभिगेसन, विमानस्थल सेवा शुल्कसहित पर्यटन बोर्डलाई समेत तिर्नुपर्ने गरि कुल ४८ करोड नतिरेपछि एयर एसिया नेपालमा उडान बन्द गरेर सम्पर्क बिहिन भएको थियो । 

यसअघि नेपालबाट मलेसिया जाने यात्रुका लागि लक्षित गर्दै एयर एसियाले २०६९ असारदेखि क्वालालम्पुर–काठमाडौँ–क्वालालम्पुर रुटमा वाइडबडी जहाजमार्फत उडान सुरु गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved