हावाहुरीका कारण हवाइ उडान ‘डाइभर्ट’, विदेशबाट आएका जहाज आकाशमै ‘होल्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 06:00:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आज अपरान्ह काठमाडौँमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दूबै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा ‘होल्ड’ भएका छन् । केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँ आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ भने सिमराबाट काठमाडौँ आइरहेको बुद्धकै जहाज सिमरा नै फर्किएको छ । काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved