वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्यो ५३ करोड ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 04:58:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले  कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई २०८० चैत्र मसान्तसम्मको ऋण भुक्तानी गरेको छ  । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋणको किस्ता तिरेको हो । 

निगमले २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी  चैत्र ३० गते  ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको छ । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८० चैत्र सम्मको अवधिमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको निगमले जनाएको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ । यस सम्बन्धमा छलफल समेत भइरहेको निगमले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved