सोमबार १३ अर्ब बढीको आन्तारिक ऋण उठाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 12:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ  । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको  विकास ऋणपत्र–२०८८ ग नामक ऋणपत्र बोलक बोलमाध्यमबाट बिक्री गरेर १३ अर्ब १० करोड आन्तरिक ऋण उठाउन लागेको हो । 

विकास ऋणपत्र असोज १४ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने असोज १५ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन । 

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।      

ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ र १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।     

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।      

यो पनि :- अधिक तरलताको मौका छोपेर धमाधम आन्तारिक ऋण उठाउँदै सरकार


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved