मुक्तिनाथ बैंकको डेपुटी सिईओमा मानन्धर

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 15, 2018 | 01:34:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. को नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएकाछन् । उनल आज आईतबार देखि पदबहाली गरेका हुन् । बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरले प्रमुख कार्यकारीमा चयन भएपछि उनको ठाउँमा मानन्धर नियुक्त भएका हुन्। 

विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष काम गरेको लामो अनुभव बटुलेका मानन्धर यस अघि प्रभु बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । छन्।   

प्रभु बैंक जानु भन्दा अगाडि उनी बिजिनेस युनिभर्सल बैंकमा एक बर्ष नायव महाप्रबन्धकका रुपमा  थिए। नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका उनले त्यसपछि एनसिसी बैंक हुँदै स्ट्यान्डर्ड चार्टर्ड बैंक गएका थिए। उनले त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए सम्मको अध्ययन गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved