ग्लोबल आइएमई बैंकको एकैदिन ७ वटा शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 04:50:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले  सोमबार एकै दिन ७ स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले धनुषाको मिथिलाबिहारी नगरपालिका ७ तारापट्टि, बाराको फेटा नगरपालिका ७ फेटा बजार, रौतहटको फतुवाबिजयपुर नगरपालिका ८ बिजयपुर, सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो, डडेल्धुराको अजयमेरु गाँउपालिका ३ भद्रपुर, डोटीको पूर्वीचौकी गाँउपालिका ४ साना गाँउ र बैतडीको दोगडाकेदार गाँउपालिका ३ खोचलेकमा गरी जम्मा ७ वटा नयाँ शाखा स्थापना गरि संचालनमा ल्याएको हो । 

योसँगै बैंकको शाखाको संख्या १ सय २९ पुगेको छ । बैंकले सोमबार देखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । योसँगै बैंकको एटिएम संख्या १ सय ३१ पुगेको छ । बैंकले ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८० शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved